रमादानको शुभकामनामा सहभागी हुन उपेन्द्र यादव कतार उडे

काठमाडौं, ७ फागुन । मुसलमानहरुको चाँड रमादानको शुभकामना आदानप्रदानमा सहभागी हुन जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव कतार उडेका छन् । उनी बुधबार साँझ भारत हुँदै कतार प्रस्थान गर्ने गरी उडेका हुन् ।
यादवका निजी सचिव महेश चौरसियाले यादव रमादान पर्वको शुभकामना कार्यक्रममा सहभागी हुने विज्ञप्तिमार्फत् जनाएका छन् । विभिन्न संघ संस्थाको समन्वयमा होली महोत्सवको शुभकामना कार्यक्रम, मधेश प्रदेश समन्वय समिति कतारको चौंथो स्थापना दिवस लगायत कार्यक्रममा पनि सहभागी हुनेछन् । यादव १२ फागुनमा फर्कने तय छ ।
यादवको पछिल्लो समय मुसलमान देशहरुमा भ्रमण बाक्लिएको छ ।