९ फाल्गुन २०८१, शुक्रबार | February 21, 2025

ट्रम्पले नेपालमा संघीयताका नाममा हालिएको बजेटलाई ठगी भने (भिडियोसहित)


February 19, 2025
7.2k
Shares

एजेन्सी, ७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संघीयताका नाममा अमेरिकाबाट विनियोजित रकमलाई ठगी भनेका छन् । गएराति बोल्दै उनले नेपालको संघीयताका नाममा विनियोजित बजेटमा गम्भीर सवाल ठाए ।

‘२० मिलियन डलर नेपालको संघीयताको नाममा बजेट दिइएको छ, यो सिधै ठगी हो,’ ट्रम्पले भने । उनले जैविक विविधता संरक्षणमा दिइएको १९ मिलियन डलरबारे पनि प्रश्न उठाए ।

अमेरिकाले नेपाललाई संघीयताका नाममा दिने भनेको साँढे २ अर्ब नेपाली रुपैयाँको बजेट रोकिदिएको छ । उसले जैविक विविधता संरक्षण प्रयासका लागि दिने साँढे २ अर्ब नेपाली रुपैयाँ पनि रोकिदिएको छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी डीओजीईले ट्वीटमार्फत् रकम रोकेको जानकारी दिएपछि ट्रम्पको भनाई सार्वजनिक भएको ।

अमेरिकाले नेपालको संघीयताका नाममा मात्र नभई नास्तिकता फैलाउन समेत रकम दिएको खुलासा भइसकेको छ । अमेरिकी सांसदले मात्र नभई सभामुखले समेत नेपालमा नास्तिकता फैलाउन १३ अर्ब नेपाली रुपैयाँ खर्चिएको खुलासा गरेका हुन् ।

प्रतिक्रिया