मोदीको फ्रान्स हुँदै अमेरिका यात्राको सन्देश

विपिन देव: यसपटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्स हुँदै अमेरिका यात्रा गरे । फेब्रुअरी १२ र १३ गरी ३६ घन्टा अमेरिका बसाईँ उनको तेस्रो कार्यकालको महत्वपूर्ण समय बन्यो । त्यो यात्रा भू-राजनीतिक दृष्टिकोणले महत्वपूर्ण देखिन्छ । मोदीको अमेरिका यात्रालाई वासींगटन पोष्ट, न्यूर्योक टाइम्पस, वाल स्ट्रीट जस्ता विख्यात पत्रिकाहरूले यथेष्ठ ठाउ दिएका छन् ।
अमेरिका यात्रा गर्नु भन्दा दुई दिन पहिले मोदीले “आर्टीफिशियल इन्टेलिजेनस” को सम्मेलनमा पेरिस यात्रा गरेर उच्च प्रविधिको उपयोगिता क्षेत्रको बारेमा पेरिसमा बोलेका थिए । हुनत इतिहासको हरेक आरोह र अवरोहमा फ्राान्स सदैव भारतलाई साथ दिएको देखिन्छ । ७० को दशकमा इन्दिरा गान्धीले भारतमा आपतकाल घोषणा गर्दा पश्चिमा जगतले भारतलाई बहिस्कार गर्दा फ्रान्सका नेताले नै गणतन्त्र दिवसको प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरेका थिए । ९० को दशकमा भारतले आणविक परीक्षण गर्दा अमेरिकाले भारतको विरोधमा आर्थिक नाकाबन्दी गर्दा फ्रान्स भारतको पक्षमा उभिएका थिए । अर्थात् फ्रान्स यात्रा गरेर मोदीले भारत फ्रान्स प्रगाढ मित्रताको सन्देशका साथ दुई दिने अमेरिका यात्रा गरेका थिए ।
डोनाल्ल्ड ट्रम्पको दोस्रो कार्यकालमा मोदी भन्दा पहिले इजरायलका प्रधानमन्त्री नेतान्याहु, जापानका प्रधानमन्त्री र र्जोडेनका राजा अमेरिका यात्रा गरिसकेका छन् । यी तीन राष्ट्रका प्रमुखहरूको भ्रमण लगत्तै मोदीको अमेरिका यात्रा हुनु आपैmमा महत्वपूर्ण देखिएको छ । अर्थात् अमेरिकाको अर्जुनदृष्टि नै हिन्दप्रसान्त (इण्डोप्यासिफिक) र मध्य एसीया रहेको छ । हिन्दप्रसान्तीय क्षेत्रमा जापान र भारतसंग क्वाडको संरचनामा अमेरिकाले लामो अभ्यास सुरु गरिसकेको छ । ट्रम्पले राष्ट्रपतिको दायित्व सम्हाल्ने वित्तिकै क्वाडको बैठक गरेका थिए । वर्तमान परिवेशमा ट्रम्पको चासो मध्य एसियामा रहेको छ । मध्य एसियामा अमेरिकाले आए.टु. र यू.टु को संरचना तयार गरेको छ । आए.टु.यू.टु (अमेरिका, इजरायल, यूएई र भारत) को नेतृत्वमा मध्य एसीयामा अमन चयन स्थापना गर्न अमेरिका एक दीर्घकालिन नीतिको साथ अगाडि बढिरहेको छ । ट्रम्पको आगमनका साथै मध्य एसियामा केही हदसम्म शान्ति प्रत्याभूत भएको देखिन्छ ।
आए.टु.यू.टु को माध्यमबाट इजरायलको सम्बन्ध र सम्र्पक अरु मुस्लिम राष्ट्रहरू बढाउनु हो । मध्ये एसियामा भारतको बलियो पदचापलाई अमेरिकाले स्वीकार गरेको देखिन्छ । आवुधावीमा हिन्दु मन्दिरको निर्माण एक प्रतिनिधि उदाहरण हुन् । ९० लाख भारतीय कामदारहरू मध्य एशियामा छन् । भारतले खाद्यान्न, औषधी, स्फट्वेयर लगायत अन्य सामग्रीहरूको निर्यात मध्य एसियाका राष्ट्रमा गरिरहेको अवस्था छ । भारतको इरानसँग समेत प्रगाढ सम्बन्ध रहेको छ । इरानको चाबाहर बन्दरगाहको निर्माण र विस्तार भारतले गरिरहेको छ । मोदी ट्रम्पको वार्ता आए.टु.यू.टु.को विस्तारको लागि प्रायोजित रहेको छ । अमेरिका वि.आए.आए.को विकल्पको खोजीमा रहेको छ । तदनुरुप मोदी र ट्रम्पको विशेष पहलमा आए.मेक. योजनालाई अगाडि बढाउन वार्ता उन्मुख रहेको छ । आए. मेक. भन्नाले भारत, मध्य एसीया, यूरोप र अमेरिका जोड्ने मार्ग हो । अर्थात् उक्त योजना अन्र्तगत सामुद्रिक र सडक सञ्चालको माध्यमवाट भारत मध्य एसिया, यूरोप र अमेरिका जोडिने छ । वर्तमान परिवेशमा इजरायल हमासको द्वन्दले गर्दा उक्त योजना ओझेलमा परेको थियो । मोदी ट्रम्पको वार्ताले उक्त योजनालाई अघि बढाउने संकल्प गरेको देखिन्छ ।
मोदी ट्रम्पको वार्ता व्यापारमा केन्द्रित रहेको देखिन्छ । ट्रम्पको चुनावी मुद्दा नै व्यापार घाटामा केन्द्रित रहेको थियो । भारतसँग व्यापार घाटा कम गर्न भारतीय वस्तुहरूमा आयात कर बढाउने समेत ट्रम्पले धम्की दिएका थिए । अमेरिकी यात्रा गर्नु भन्दा पहिले नै बजेटको माध्यमबाट अमेरिकी वस्तुहरूको आयात कर ३० प्रतिशतबाट ५ प्रतिशतमा घटाएर मोदीले वार्ताको लागि सहज वातावरण निर्माण गरिसकेका थिए । वर्तमान परिवेशमा अमेरिका भारतबीच १९० विलियन डलर भन्दा अधिक व्यापार रहेको छ । सन् २०३० सम्म अमेरिका भारतबीच ५०० विलियन अमेरिकी डलरको व्यापार हुने प्रक्षेपण छ । मोदी ट्रम्प वार्ताको अर्को केन्द्र विन्दु हात हतियार सम्बन्धी रहेको छ । अमेरिका लागि भारत हतियारको बजार रहेको छ । भारतको मुख्य अभिरुची अमेरिकी प्रविधिद्वारा भारतमा हतियार उपकरण निर्माण गर्नु हो । विगतका वर्षहरू प्रविधि हस्तान्तरणको लागि अमेरिका नरम हुंदै भारतको पक्षमा वेक्का र कमकासा जस्ता कानुनहरूमा संसोधन गर्दै भारतलाई हात हतियार उपलब्ध गराएको देखिन्छ । ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकाको मुख्य चासो उर्जाको व्यापार विस्तार गर्नु हो । वर्तमान परिवेश कुल आयातको १ प्रतिशत मात्र भारतले अमेरिकाबाट हिन्दप्रसान्त क्षेत्रमा चीनको दवदवा बढिरहेको अवस्थामा चीनिया सार्मथ्य र शक्तिलाई चूनौती दिन गठवन्धनको महत्वलाई अमेरिकाले महशुस गर्दै चर्तुभूजीय संगठनमा भारतको भूमिकालाई उच्च महत्व दिएको छ । तदनुरुप सुरक्षा क्षेत्रमा सहकार्य गर्न ट्रम्प र मोदी सहमत भएका छन् ।
आतंकवादका मामिलामा ट्रम्प र मोदी सहकार्य गर्ने घोषणा गरेका छन् । मुम्बईमा भएको आतंकवादी हमलाका मुख्य व्यक्ति अमेरिका स्थित लौसेनजेलको कारागारमा रहेका छन् । प्रत्यार्पण (इस्ट्राडीसन) कानुन अन्तृग्त सो अपराधीलाई भारतमा सुर्पुदगी गर्न अमेरिका सहमत भएको छ । मोदी र ट्रम्पको वार्ता अफ्रिकी यूनियनसंग समेत जोडिएको छ । भारतको विशेष अनुरोधमा जी टेउन्टीमा अफ्रिकी यूनियनले सदस्यता प्राप्त गरेको थियो । सन् १९१० देखि नै माहात्मा गान्धीको अफ्रिका भएको भूमिकाले गर्दा भारत अफ्रिकाबीच विशेष सम्बन्ध रहेको छ । अफ्रिकाका कैयौ देशहरूमा भारतको गुरुयोजनाहरू लागु भइरहेका छन् । अफ्रिका भारत सम्बन्धलाई मध्यनजर राख्दै अमेरिकाले अफ्रिकामा विकास योजनाहरू अगाडी बढाउने संकेत दिएका छन् । विगतका दिनमा चीनको पदचाप अफ्रिकामा वढेको देखिन्छ । चिनियाँ प्रभावलाई मत्थर गर्न अफ्रिकाको विकासको लागि अमेरिका भारत विच सहकार्य गर्ने समेत ट्रम्प मोदी वार्ता केन्द्रित रहेको देखिन्छ ।