ओली र चोलेन्द्रको गठजोडको नियुक्ति खारेज गर्न कल्याणको दौडधूप
नेपाली पेन संवाददाता । पञ्चायत विकास अधिकारीको जागिरमा छिरेका कल्याण श्रेष्ठ तत्काली राजदरबारका सचिव मि.सु. नारायण प्रसाद श्रेष्ठको बहिनी विवाह गरेपछि दरबारकै हुकुम प्रमाङ्गीमा न्यायपालिकामा छिरे । दरबारी शक्ति प्रयोग गरी नवप्रवेशी शाखा अधिकृत हुँदादेखि नै जिल्ला न्यायाधीश पड्काएका उनी शक्तिकै आडमा पुनरावेदन अदालत र सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेर अवकास पाउँदासम्म राजनीतिमा ३ वटा संविधान आए । पञ्चायतकालको सक्रिय राजतन्त्र, संवैधानिक राजतन्त्रको बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि राज्य संयन्त्रमा उनको रवाफ र प्रभाव सदाबहार छ । कनिष्ठ न्यायाधीश हुँदैदेखि दरबारको रवाफमा उनी न्यायालयमा समानन्तर गुट चलाउँथे । आफूलाई अब्बल न्यायाधीश हुँ भनी हुङ्कार गर्दै हिँड्ने न्यायाधीशहरू उनको गुटमा आवद्ध थिए । प्रधानन्यायाधीशबाट अवकासपश्चात् उनको गुट गिरोहमा परिणत भएको छ । अहिले पनि राजनीति, सरकार र न्यायालयमा उत्तिकै दह्रो पकड राख्दछ । सेवानिवृत्त भएपनि उनले आफ्नो गिरोहमार्फत शक्तिको भरपूर दुरुपयोग गर्दे आएका छन् । दरबारिय शक्ति सञ्चय र अभ्यासको नशा लागेका श्रेष्ठ मौका पायो कि छिर्के दाउ हान्न माहिर छन् । प्रचन्ड र ओलीको शक्ति सङ्घर्षमा उनले अहिले उनले नयाँ गेमप्लान ल्याएका छन् । जसमा उनले पूर्वप्रधानमन्त्री प्रचण्ड र माधवकुमार नेपालदेखि सहकारी ठगीमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्पर्क प्रत्यक्ष अप्रत्यक्ष भेटघाट र सम्पर्क स्थापित गरी अस्वभाविक सक्रियता बढाएका छन् ।
उनको नयाँ रोडम्याप ५२ जनाको संवैधानिक निकायका पदाधिकारीको नियुक्ति बदर गराउनु हो । जसमा ढोक्सा थापिसकेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका कानूनी सल्लाहकार ओमप्रकाश अर्यालले हालेको ५२ जना नियुक्ति विरुद्धको मुद्दा आफू अनुकूल वातावरण नहुँदासम्म ४ वर्षसम्म थन्क्याए । त्यसबीच सर्वोच्च अदालतमा स्वार्थका कैयौँ मुद्दाहरू दर्ता भए, किनारा लागै तर यो मुद्दाले कहिल्यै पालो पाएन । हरिकृष्ण कार्कीको पालामा ठूलै होहल्ला गरी ल्याइएको कथित गोलाप्रथाले पनि यो मुद्दा भेट्यो कि पेसी झनै पर धकेल्न थाल्यो । अहिले आएर यो मुद्दा कल्याणको सेटिङमा एकाएक घाटबाट ब्युँताइएको छ । झट्ट हेर्दा यति लामो समयसम्म पालो नपाइ थन्क्याइएको मुद्दा पालो आउनु ठिकै लागेपनि यसमा लुकेको कल्याणको विशेष स्वार्थ रहस्यमय छ । सेवा निवृत्त भएपछि मानवअधिकार आयोगको अध्यक्ष हत्याउने उनको सपना त्यतिखेर चोलेन्द्रले चकनाचुर पारिदिएपछि विक्षिप्त बनेका कल्याण अहिले वातावरण अनुकूल बनाएर संवैधानिक निकायका पदाधिकारी नियुक्तिको मुद्दा संवैधानिक इजलासबाट बदर गराइ रिक्त हुन आउने मानव अधिकार आयोगको अध्यक्ष पद आफूले हत्याउन र आफ्ना सदा आज्ञाकारी सर्वोच्च अदालतका पूर्व न्यायाधीश ईश्वर खतिवडालाई सोही आयोगको सदस्य बनाउन एवं नातेदार, भजनमण्डली र गिरोहका सदस्यलाई ठूलो संख्यामा रिक्त हुने संवैधानिक निकायमा जागिर खुवाउने डरलाग्दो सेटिङमा जुटिसकेका छन् ।
संवैधानिक परिषदको खिचडी
संवैधानिक परिषदका ६ जना पदाधिकारीमध्ये अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा सभामुख देवराज घिमिरेमात्र भएकोले अल्पमतमा छन् । ओलीलाई काउण्टर दिन प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष उनका भाइ नारायण दाहालसहित रविको पार्टीबाट उपसभामुख बनेकी इन्दिरा रानामगरसहित ३ जना लिइ आधा संवैधानिक परिषदमा कब्जा जमाएर बसेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत प्रधानमन्त्रीतिर लागेको अवस्थामा ओली र प्रचण्डको शक्ति आधा-आधा र प्रचण्डतिर लागे पक्षमा जम्मा २ जना हुने अङ्कगणित छ । माहौल अल्पमतमा रहेका ओलीले प्रतिकूल भएकोले नियुक्ति उनको बशमा छैन । यही कमजोरीमा कल्याण गिरोह सलबलाउन थालिसकेको छ । गिरोहको यो खेलले ओली सरकार ढल्ने अवस्था पनि बन्न सक्छ ।
संवैधानिक निकायमा ४ वर्षअघि भएको नियुक्ति हाल संवैधानिक इजलासमा विचारराधीन छ । जसमा तेस्रो र चौथो वरियताका हरि फुयाँल र कुमार रेग्मीले रिक्युजल गरे अर्थात इजलास बसेनन् । ओली एण्ड चोलेन्द्र गठजोरको नियुक्तिमा कुमारले आफ्नै सहोदर दाइ माधव रेग्मीलाई लोकसेवा आयोगका अध्यक्ष पदमा छिराएकाले उनी इजलास बस्न मिलेन भने फुयाँल न्यायाधीश बन्नु अघि एमालेको सक्रिय नेता र ओलीकै सरकारमा महान्यायाधिवक्ता भएकोले उनीको अगाडि पनि नैतिक सङ्कट तेर्सियो । भावी प्रभानन्यायधीश पदमा घुनपुत्लो लाग्ला भनी उनी इजलास बस्ने आँट गर्न सकेनन् । अहिले संवैधानिक इजलासमा अध्यक्ष प्रकाशमानसिंह राउत र सदस्यहरूमा सपना प्रधान मल्ल प्रधान, डा. कुमार चुडाल, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदी राखिएका छन् । अहिलेका प्रधानन्यायाधीश राउत र हुनेवाला प्रधानन्यायाधीश मल्ल कल्याण नियुक्त जज भएकोले उनीहरूको बफादारी आफूतिर रहेको र बाँकी ३ जना पनि आफ्नै गिरोहमा रहेकोले संवेधानिक इजलास आफ्नो कब्जामा रहेको भरोसा कल्याणले प्रचण्डलाई दिलाएको प्रचण्ड निकट स्रोतले बतायो । यो लख वकीलवृत्तमा पनि काटिसकिएको छ । अहिले पदाकाङ्क्षीहरू कल्याणको कुपण्डोल हाइट निवासमा धाउन थालिसकेको उनका छिमेकहरू नै बताउँछन् । यसको छनक भावी प्रधानन्यायाधीश सपना मल्ल प्रधानले आफूलाई संसद पुनर्स्थापनाको मुद्दामा फैसला गर्दा ओलीले दबाब दिएको र प्रधानन्यायाधीश नबनाउने र ज्यानकै खतराको अवस्थामा पुर्याएको भन्ने सन्सनिपूर्ण अभिव्यक्ति दिई चुनौती दिएर तरङ्ग ल्याइदिएकी छिन् ।
पुनः प्रचण्ड-रवि ग्याङ, सिखण्डी परिचालन
अर्कोतर्फ गिरोहकै सेटिङमा आफू निकट पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई मेयर बालेन र रविको पक्षमा बोल्न लगाएर कल्याणले ओलीलाई स्पष्ट सन्देश दिइसकेका छन् । आफ्नो गेमप्लान सफल बनाउन कल्याणले पुनरावेदन अदालतको न्याय�

