अमेरिकाले नेपाललाई संघीयताका नाममा दिने साँढे २ अर्ब बजेट रोक्योे

एजेन्सी, ४ फागुन । अमेरिकाले नेपाललाई संघीयताका नाममा दिने भनेको साँढे २ अर्ब नेपाली रुपैयाँको बजेट रोकिदिएको छ । उसले जैविक विविधता संरक्षण प्रयासका लागि दिने साँढे २ अर्ब नेपाली रुपैयाँ पनि रोकिदिएको छ ।
अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी डीओजीईले ट्वीटमार्फत् रकम रोकेको जानकारी दिएको हो । यो विभाग इलन मस्कको जिम्मेवारीमा पर्दछ ।
अमेरिकाले नेपालको संघीयताका नाममा मात्र नभई नास्तिकता फैलाउन समेत रकम दिएको खुलासा भइसकेको छ । अमेरिकी सांसदले मात्र नभई सभामुखले समेत नेपालमा नास्तिकता फैलाउन १३ अर्ब नेपाली रुपैयाँ खर्चिएको खुलासा गरेका हुन् ।
अमेरिकाले बँगलादेशलाई राजनीतिक परिदृश्यसम्बन्धी मामलाका लागि दिने २ करोड ९० लाख डलर पनि रोकिदिएको छ ।