ट्रम्प-पुटिनको भेट आउँदो हप्ताभित्र हुने

एजेन्सी, ४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साउदी अरेबियामा आउँदो हप्ताभित्र भेटवार्ता हुने भएको छ । दुई नेताको भेटको तयारी लगभग पूरा भइसकेको ब्लुमवर्गले जनाएको छ ।
ट्रम्प र पुटिनबीच युक्रेन युद्धबारे महत्वपूर्ण कुराकानी हुने अपेक्षा गरिएको छ । तर, उक्त छलफलमा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई बोलाइएको छैन ।