३ फाल्गुन २०८१, शनिबार | February 16, 2025

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको अवस्था के छ


February 15, 2025
913
Shares

काठमाडौं, ३ फागुन । पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा घाइते अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचाई किर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ । घाइते भएका दुवैलाई पोखराका अस्पतालमा सामान्य उपचारपछि हेलिकोप्टरबाट बर्न अस्पताल ल्याइएपछि उपचार चलिरहेको छ ।

पौडेलको हात र कपाल जलेको छ भने आचार्यको अनुहार जलेको छ । जलनको असर गम्भीर हुनसक्ने भएपछि दुवैलाई आकस्मिक उपचारका लागि काठमाडौं ल्याइएको हो ।

भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन उडान लाग्दा पटाकाको झिल्काले भेटेपछि पड्केको थियो । त्यतिबेला दुवैको हातमा बेलुन थियो । बेलुनमा भरिएको ग्याँसले आगोको लप्का निकालेको थियो ।

प्रतिक्रिया