१० फाल्गुन २०८१, शनिबार | February 23, 2025

ट्रम्प-मोदीबीच के के कुरा भयो


February 14, 2025
830
Shares

एजेन्सी, २ फागुन । ३६ घन्टा अमेरिका बसाईँमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गुप्तचर प्रमुख तुलसी गबडसँग भेटेर महत्वपूर्ण सन्देश थिए । हिन्दू धर्मालम्बी तुलसीलाई सिनेटले गुप्तचर प्रमुखमा अनुमोदन गरेपछि भेट्ने विदेशी नेतामा मोदी पहिलो भए ।

मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भ्रमणको दोस्रो दिन भेटे । भेटमा कर, भारतको ब्रिक्समा भूमिका, गैरकानूनी आप्रवासीलगायतका विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भेटअघि ट्रम्पले भारत बढी कर लिने देश भएको बताएका थिए । उनले ब्रिक्सले डलरलाई कमजोर बनाउन खोजे कडा नीतिको सामना गर्नुपर्ने चेतावनी पनि दिए ।

ट्रम्प दोस्रोपटक राष्ट्रपति भएपछि भेट्ने चौंथो विदेशी नेता भए । यसअघि इजरायलका प्रधानमन्त्री, जापानका प्रधानमन्त्री र जोडर्नका राजाले उनलाई भेटिसके ।

प्रतिक्रिया