२८ फाल्गुन २०८१, बुधबार | March 13, 2025

रहिनन् नानीमैयाँ दाहाल


February 10, 2025
2.5k
Shares
1.Studio portrait post 2038 BS

काठमाडौं, २८ माघ । नेपाली राजनीतिमा चर्चामा रहँदै आएकी नानीमैयाँ दाहालको निधन भएको छ । उनको ९२ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

निमोनिया भएपछि दीर्घायु अस्पतालमा भर्ना गरिएकी दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

विद्यार्थीकाल देखि नै दाहाल विद्रोही स्वभावकी थिइन् । २०२९ सालमा उपप्रधानपञ्च निर्वाचित भएकी उनी राष्ट्रिय पञ्चायत सदस्यमा काठमाडौंबाट निर्वाचित भएर चर्चित बनेकी थिइन् । पञ्चायतकालका प्रभावशाली पञ्च कमल चित्रकारलाई भारी मतान्तरले जितिन् ।

पीडित र अन्यायमा परेकाको पक्षमा जर्बजस्त बोल्ने नानीमैयाँले सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध सशक्त आवाज उठाइन् । हरिसिद्धिमा ईट्टा टायल कारखाना खोल्न किसानको आवश्यक भन्दा बढी जग्गा अधिकरण गरेकोमा विरोध गरी फिर्ता दिलाउन सफल भएकी थिइन् ।

को हुन् नानीमैयाँ

नानीमैयाँ निडर स्वभावकी थिइन् बाल्यकाल देखि नै । त्यतिबेला महिला भनेपछि लजालु हुनुपर्छ भन्ने मान्यता समाजमा स्थापित थियो । त्यसलाई उनले ठाडै चुनौती दिइन् । उनको यही स्वभावले २९ वर्षमै तत्कालीन जोरपाटी पञ्चायतको उपप्रधानमञ्च बनायो ।

२०३८ मा नानीमैयाँले राष्ट्रिय पञ्चायतमा सानदार जीत हासिल गरिन् । उनले त्यतिबेलाका नामी पञ्च कमल चित्रकारलाई भारी मतान्तरले जितिन् । स्वतन्त्र उम्मेदवारका रुपमा उनको मत थियो ६५ हजार ७७७ ।

४ वर्ष राष्ट्रिय पञ्चायतको सदस्यको रुपमा उनले महत्वपूर्ण भूमिकाहरु निभाइन् । शोषितपीडित, महिला, किसान, मजदूरको पक्षमा काम गरिन् । कसैलाई अन्याय भयो कि बोलिहाल्थिन् । कर्मचारीलाई त काम गर्न वाध्य पार्थिन् ।

नानीमैयाँ दाहालले जोगाइदिएको हरिसिद्धिका किसानको डेढ सय रोपनी जग्गा (भिडियो रिपोर्टसहित)

प्रतिक्रिया