२९ माघ २०८१, मंगलबार | February 11, 2025

दलाई लामा मामलाले चीन-अमेरिका तनाव


February 10, 2025
1.2k
Shares

विपिन देव: चिनियाँ कम्युनिष्ट पार्टी दलाई लामाको उत्तराधिकारी चयन गर्न आतुर छ । सन् १९५९ देखि नै भारतमा शरण लिएर बसेका दलाई लामा तिब्वतीको आस्थाका केन्द्र रहदै आएका छन् । ९० वर्ष पुगेका छन् उनी । यो कालमा पुगेका लामाको उत्तराधिकारी चयनको विषय चासोमा छ अहिले । चिनियाँ कम्युनिष्ट पार्टीले दलाई लामाको चयन चीनिया सरकारले गर्ने अधिकारीक अभिव्यक्ति दिएका छन् भने वर्तमान १४ औं दलाई लामालाई उक्त निर्णय मान्य रहेको छैन । दलाई लामाको उत्तराधिकार सम्बन्धी चीनको आफ्नो भाष्य रहेको छ । १८ औं शताब्दीको मध्यमा छीन वंशका चिनियाँ शासक छेमेन लौहगले तिब्बतलाई आफ्नो आधिपत्यमा लिएका थिए । सन् १७९३ ताका छेमेन लौगले एक अध्यादेश जारी गर्दै दलाई लामाको चयन चिनियाँ शासकले नै गर्ने भन्ने घोषणा गरेका थिए । वास्तवमा १४ औं शताब्दीदेखि तिब्बतेली भू-भागमा दलाई लामा सर्वसक्तिमान रहदै आए । बारम्बार चिनियाँ आक्रमण भएता पनि चीनको पूर्ण स्वामित्व तिब्बतमा थिएन । सन् १९४९ देखि १९५० ताका माओको विषेश निर्देशमा चीनले आफ्नो अधिपत्य कायम गरेको थियो जुन तिब्बतका तत्कालीन मुखिया दलाई लामालाई मान्य थिएन ।

चिनियाँ कम्युनिष्ट पार्टीको करकापमा वा सैन्य सत्ताको दवाबमा तिब्बत र चीन विच १७ बुँदे सहमति भएको थियो । तदनुरुप तिब्बत चीनको अभिन्न अङ्ग भएको घोषणा गरेको थियो । दलाई लामा सहित हजारौ बौद्ध धर्म गुरुहरू ५० को दशकमा नै भारत शरण लिई स्वतन्त्रत तिब्बतको पक्षमा जनमत निर्माण गर्ने जर्मको गर्दै रहे । कालान्तरमा भारत चीन बीच सन् १९६२ मा युद्ध हुनुको विभिन्न कारणहरू मध्ये एक कारक तत्वको रुपमा भारतले दलाई लामालाई ससम्मान भारतमा वास दिनु समेत थियो । सन् १७९३ को अध्यादेशलाई नै आधार मानेर चिनियाँ कम्युनिष्ट पार्टीले दलाई लामाको चयन चीनको रहेको दाबी गरेका छन् । जबकि इतिहासका आरोह र अवरोहमा चीनियमा शासकद्वारा गरिएका सम्झौताहरूलाई कम्युनिष्ट पार्टीलाई मान्य भएको छैन । चीनले सहायक दलाई लामाको रूपमा पञ्चम लामालाई न्यूक्त गरेता पनि तिब्बतेली धार्मिक भावना सम्बोधन भएको थिएन । अर्थात् चीनद्वारा नियुक्त गरिएका पञ्चम लामा तिब्बतेलीहरूलाई स्वीकार्य भएन । वर्तमान १४ औं दलाई लामाद्वारा नियुक्त पञ्चम लामाको अत्तोपत्तो छैन । पश्चिमा मिडियाले पञ्चम लामा कारागृहमा रहेको कुरा सार्वजनिक गरेता पनि चीनबाट अधिकारीक अभिव्यक्ति आएको छैन ।

५० को दशकमा स्वतन्त्रत तिब्वतको पक्षमा वर्तमान दलाई लामाले अमेरिकासँग अपिल गरेका थिए । तर अमेरिका चासो दिएन । ५० को दशकमा नै कोरीया र ताइवानको मुद्दामा चीन अमेरिका बीच कटुता र शत्रुता चुलियो । अमेरिका दलाई लामाको पक्षमा उभिएर स्वतन्त्र तिब्बतको पक्षमा अभिमत राख्न लागे । निर्वासनदेखि जर्ज बुसको कार्यकालसम्म दलाई लामाको अमेरिका यात्रा भएन । अमेरिकी नेता नेनसी पेलोसी र कालाकार रिचर्ड गिलरको सक्रियतामा दलाई लामाको मुद्दालाई अमेरिकी कँग्रेसले गम्भीरतापूर्वक लिदै सन् २००२, सन् २०२० र सन् २०२४ मा तिब्वत एक्ट अनुमोदित गर्यो । उक्त एक्ट अन्र्तगत चीनको तिब्वत माथिको स्वामित्व इतिहासको तत्थको आधारमा नभएको, दलाई लामाको उत्तराधिकारी चयन दलाई लामालाई मात्र भएको र तिब्बतमा भइरहेको मानव अधिकारको उल्लंघन मानवीय मूल्य मान्यता विपरित भएको मुखरित भएको छ । उक्त एक्टको प्रभावमा नै दलाई लामालाई क्लिन्टन र ओबामाले अमेरिकामा स्वागत गर्दै उच्च सम्मान दिएका थिए । अर्का तर्पm सन् २०१० देखि चीनले आफ्नो धार्मिक नीतिमा एक नयॉ आयाम थप गर्यो । भारतका सामरिक जानकार विजय गोखलेले त्यसलाई “साइनोटेजश अफ रिलीजन” भनेका छन् अर्थात् चिनियाँ धार्मिक गतिविधि चीनको आन्तरिक क्रियाकलाप मात्र रहेको कानुनी उद्घोष रहेको छ । भनाईको अर्थ चिनियाँ इशाईहरूको भेटिकन सिटीसँग, मुसलमानको मक्का मदिनासंग र बुद्ध धर्मालम्वीहरूको दलाई लामासँगको सम्बन्ध विच्छेद गराइएको छ । विद्युत्तिय माध्यमबाट समेत धर्मगुरुहरूको व्याख्या निषेध गरिएको छ । चिनियाँ धार्मिक नीतिको कारणले नै गर्दा कुनै पनि मुसलमान गुरुहरूले चीनमा “जेहाद”को नारा लगाउन सक्दैन । चीनमा ठुलो दाह्री राख्न समेत मुसलमानहरूलाई प्रतिबन्ध गरिएको छ भने काम छोडेर नवाज गर्न समेत निषेध गरिएको छ ।

वर्तमान परिवेशमा दलाई लामाको मुद्दा अमेरिका चीनको तनाबको एक कारक तत्व भएको छ भू(भागको हिसाबले तिब्बत हरेक चिनियाँ प्रान्त भन्दा ठुलो रहेको छ । चीनलाई दबाबमा राख्न ताइवान र तिब्बत अमेरिकाको लागि एउटा ठुलो हतियार रहेको छ । तिब्बती मूलकाहरू अमेरिकी जन जीवनमा ठुलो प्रभाव बढाइरहेको छ । १७ बुँदे सम्झौताको भत्र्सना गर्न अमेरिकाले पुरै सार्मथ्य लगाएको छ । अमेरिकी खुफिया एजेन्सीको अगुवाईमा तिब्बतको केही भू(भागमा खम्पा विद्रोहलाई विस्तार गर्दैस्वतन्त्र तिब्बतको पक्षमा गतिविधि भए । सत्तरीको दशकमा अमेरिकी राष्ट्रपति निम्सनको चीन भैमणको बेला तिब्बतसँग अमेरिकाको सम्बन्ध बिच्छेद भएको थियो । तर कालान्तरमा अमेरिकाले तिब्बतको मुद्दालाई घनिभूत रूपमा उठाउँदै आयो । चीनको मुख्य प्रस्ताव नै दलाई लामाको अमेरिकासँग बिमुख गराउनु थियो । आर्थिक स्वार्थमा बढिरहेको सम्बन्धको बीच अमेरिकाले स्वतन्त्रत तिब्बतको बारेमा आफ्नो सक्रियतालाई बिराम दियो ।

ट्रम्पको दोस्रो कार्यकालमा हिन्दमहासागरीय मुद्दा (इण्डोप्यासिफीक), ताइवान र तिब्बतको मुद्दा समेत प्रमुख रहने देखिदैछ । कूटनीतिक दृष्टिले दलाई लामाको उत्तराधीकारीको चयन अमेरिका चीन भारतको त्रीकोणात्मक सम्बन्धले प्रभावित गर्ने छ । दलाई लामाको धार्मिक र बौद्धिक प्रभाव दैदीप्यामान रहेको छ । वीपी कोइराला समेत दलाई लामासँग शास्त्रार्थ गर्न दलाई लामाको सानिध्यमा पुग्थे । यसले पनि उनको महत्व विश्वभर देखिन्छ । दलाई लामाले आफू ११० वर्षसम्म बॉच्ने आफ्ना अनुयायीहरूलाई भनेका छन् । यो सत्य ठहरियो भनेपनि उनको आयु अब २० वर्ष बाँकी छ । तर, उनको उत्तराधिकारी चयनको चासोमा हतार गर्ने शक्ति पनि देखिएका छन् । उनको मामलाले अमेरिका र चीनबीच अर्को तनाव सृजना हुन थालेको छ । यसले एशिया र त्यसमाथि पनि दक्षिण एशियाको राजनीतिमा असर गर्न सक्छ ।

प्रतिक्रिया