१० फाल्गुन २०८१, शनिबार | February 22, 2025

भारत-नेपाल स्टार्टअप कनेक्टस् स्टार्टअप महाकुम्भको लागि कर्टन रेजर


February 7, 2025
581
Shares

काठमाडौं, २५ माघ । भारतीय राजदूतावासले दोस्रो भारत-नेपाल स्टार्टअप कनेक्टस् स्टार्टअप महाकुम्भ (एसएमके) २०२५ को लागि कर्टन रेजरको आयोजना गरेको छ । २५ माघमा सम्पन्न कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख अतिथि रहे ।

कार्यक्रमको सुरुवात गोलमेच सम्मेलनबाट भएको थियो जसमा भारत सरकारको डीपीआइआइटी, स्टार्टअप इन्डिया, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ), नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनवाईईएफ), नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनी (एनएएस-आइटी), फिनटेक एलायन्स अफ नेपाल (एफएएन), रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएएन), नेपाल हब (एनहब), एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स, त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट), काठमाडौं विश्वविद्यालय र नेपाली स्टार्टअपका प्रतिनिधिहरू सहभागी थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालले स्टार्टअपहरूका लागि अवसर सिर्जना गर्ने नवीनतम प्रविधिहरू अँगाल्ने सन्दर्भमा गरिरहेको प्रगतिको बारेमा जानकारी दिएका थिए । हालै जारी गरिएको एआई नीतिको मस्यौदामाथि प्रकाश पार्दै एआई र स्टार्टअपको क्षेत्रमा भारत-नेपाल सहयोगलाई थप बढावा दिन आह्वान गरे ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन सत्रलाई सम्बोधन गर्दै भारतका युवाहरूमाझ स्टार्टअप संस्कृति कसरी मुलधार बनेको छ भन्ने कुरामा प्रकाश पारे । उनले भारतले डिजिटल प्रविधिहरूमा गरेको व्यापक अंगीकारलाई जोड दिए । डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको विकासले यो डिजिटल परिवर्तनलाई बढावा दिएको छ । यसले सीमापार स्टार्टअप सहकार्यको लागि अवसरहरू प्रस्तुत गर्‍यो जसले डिजिटल कनेक्टिभिटीलाई बढावा दियो। हालैको उदाहरण नेपालको फोनपे र भारतको यूपीआई बीचको अन्तरसञ्चालनशीलता थियो जसमा मार्च २०२४ मा यसको सुरुवात भएदेखि नै ४ लाखभन्दा बढी व्यापारीक कारोबारहरू भएका थिए ।

भारत सरकारको डीपीआइआइटीका सहसचिव श्री संजीवले एसएमके २०२५ को बारेमा प्रस्तुति दिए । उनले उक्त कार्यक्रम कसरी स्टार्टअप क्षेत्रको लागि एक प्रमुख कार्यक्रममा परिणत भएको छ भनेर देखाए र नेपाली स्टार्टअपहरूलाई सहभागी हुन आमन्त्रित गरे ।

एसएमकेमा ३,००० भन्दा बढी प्रदर्शकहरू, १०,००० स्टार्टअपहरू, र १,००० लगानीकर्ताहरू, इन्क्यूबेटरहरू र एक्सेलेरेटरहरू समावेश हुनेछन्, जसमा भारत र बाहिरबाट ५०,००० भन्दा बढी व्यावसायिक आगन्तुकहरूको अपेक्षा गरिएको छ। अत्याधुनिक आविष्कार केन्द्रित क्षेत्रमा रहेका बिषयहरु जस्तै डीटुसी, फिनटेक, एआई, डिपटेक, साइबर सुरक्षा, रक्षा र अन्तरिक्ष प्रविधि, कृषि प्रविधि, जलवायु प्रविधिरदिगोपना, बीटुबी र प्रिसिजन म्यानुफ्याकचरिङ्ग, गेमिङ, ई(स्पोर्ट र खेलकुद प्रविधि, बायोटेक र स्वास्थ्य सेवा र इन्क्यूबेटरहरू र एक्सेलेरेटरहरू सम्बन्धित विषयगत कक्षहरु मार्फत प्रदर्शन गरिनेछ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आइडीआइ) का कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले “नेपालमा स्टार्टअप नीति” बारे प्रस्तुति दिए । आइआइटी मद्रास प्रवर्तकका प्रमुख (न्यु इनीसीएटिभ्स) राजेन्द्र मुथाले आइआइटी मद्रास प्रवर्तकले इन्क्यूबेसनलाई प्रवर्द्धन गर्न, प्रविधि विकास गर्न र अन्य विश्वविद्यालयहरूसँग साझेदारी निर्माण गरी इन्क्यूबेसनलाई बढावा दिन कसरी मद्दत गरिरहेको छ भन्ने बारेमा जानकारी दिए ।

पहिलो प्यानल छलफल उदयीमान प्रविधि स्टार्टअपहरूका लागि भारत र नेपालमा भएका अवसरहरूमा केन्द्रित थियो। टेक एक्सआरका प्रमुख कार्यकारी अधिकृत प्रशान्त मिश्राले कसरी भर्चुअल रियालिटीले उनीहरूलाई नयाँ पर्यटन अनुभवहरू संचालन गर्न मद्दत गर्‍यो भन्ने बारेमा बोले। एफ वान सफ्टका सह-संस्थापक असगर अलीले नेपालमा बैंकिङको लागि सफ्टवेयर निर्माणमा रहेको आफ्नो यात्रा साझा गरे । खल्ती वालेटका संस्थापक अमित अग्रवालले नेपालमा डिजिटल भुक्तानी कसरी बढेको छ भनेर जानकारी गराए । आइआइटी मद्रास प्रवर्तकका प्रमुख (न्यु इनीसीएटिभ्स)  राजेन्द्र मुथाले आइआइटी मद्रासमा इन्क्यूबेट गरिएका अत्याधुनिक प्रविधि स्टार्टअपहरूको सफलताका कथाहरू सुनाए ।

दोस्रो प्यानल छलफल सामाजिक प्रभावका लागि डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरमा केन्द्रित थियो, जसमा वृद्धि सञ्जल प्रा।लि।का प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले नेपालको लागि डीपीआई निर्माण गर्ने बारे आफ्नो प्रयासहरू सुनाए। नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान प्रधानले नेपाल पे जस्ता आफ्ना उत्पादनहरूको बारेमा विस्तृत रूपमा बताए जुन नेपालका फिनटेक कम्पनीहरूका लागि नवप्रवर्तन गर्न डिजिटल क्षेत्रहरू थिए। कम्प्युटर विज्ञानका प्राध्यापक र काठमाडौँ विश्वविद्यालयका एसोसिएट डीन डा। बालकृष्ण बलले आफ्ना विद्यार्थीहरूलाई डिजिटल सार्वजनिक सामानहरू निर्माण गर्न प्रोत्साहित गर्ने काठमाडौं विश्वविद्यालयको प्रयासहरूको बारेमा सुनाए । स्कुलनेटका एभीपी श्री हिमांशु तिवारीले भारतमा रहेको दीक्षा जस्ता शिक्षा डीपीआईको अनुभव सुनाए ।

छलफलहरू नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीको विशेष सम्बोधनसँगै समापन भए ।

प्रतिक्रिया