नोबल शान्ति पुरस्कारधारी युनुसले मच्चाउन लगाए हिंसा
![](https://nepalipen.com/wp-content/uploads/2024/08/Mohammed-Yunus-will-became-bangladesh-Next-PM.webp)
एजेन्सी, २५ माघ । बँगलादेशका सरकार प्रमुख मोहम्मद युनुसको उदय योजनावद्ध थियो । ग्रामीण बैंकमा उनले गरेको कामका लागि नोबेल पुरस्कार पाए । ती सबै योजनावद्ध नै भएको अहिले पुष्टि भइसकेको छ ।
बँगलादेशमा शेख हसिनाको सरकारविरुद्ध प्रदर्शन विद्यार्थीबाट भएको देखियो । तर, खेलको साँचो अन्तै थियो । यूरोपमा बसिरहेका युनुस स्वदेश फर्किएर सत्ता सम्हाले । शेख हसिना देश छाडेर भारत पुगेपछि युनुस सत्ता सम्हाल्न पुगेका थिए ।
युनुस नआउँदै बँगलादेशमा हिन्दूहरुमाथि आक्रमण चलिरहेको थियो । त्यो क्रम युनुस सरकारको नेतृत्वमा आएपछि बढेको छ । त्यहाँ हिंसाका घटना बढिरहे ।
बिहिबार मात्र युनुसको सरकार बँगलादेशका राष्ट्रपिता शेख मुजिवहर रहमानको स्मृतिको घर तोडफोड हुँदा मूकदर्शक मात्र भएन सहयोगी नै बन्यो । बुल्डोजर लगाएर म्युजियम भत्काइयो र लुटपाट मच्चाइयो ।
युनुस सरकार शेख हसिनाको सुपुर्दुगीको माग गरिरहेको छ । तर, भारत त्यसमा सहमत छैन । बँगलादेशमा बदलाको राजनीति गरिरहेको छ युनुस सरकार । शान्ति पुरस्कारको आवरणमा हिंसा मच्चाइरहेछन् युनुस ।
पाकिस्तानबाट अलग भई बनेको बँगलादेशको इतिहास नै नामेट पार्न खोजिएको विश्लेषण हुन थालिएको छ । कतिपयले बँगलादेशलाई नयाँ पाकिस्तान बनाउन खोजिएको समेत भनेका छन् ।