ट्रम्पले पहिलो भेटका लागि मोदीलाई किन चुने
एजेन्सी, २२ माघ । अमेरिकाको राष्ट्रपति दोस्रोपटक बनेपछि डोनाल्ड ट्रम्पले अहिलेसम्म कुनैपनि विदेशी नेतालाई भेटेका छैनन् । उनले आउँदो हप्ता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने तय भएको छ । यो अवधिभर कसैलाई पनि भेटेनन् भने मोदी ट्रम्प राष्ट्रपति भएपछि भेट्ने पहिलो नेता हुनेछन् ।
आउँदो हप्ता फ्रान्स पुगेर इमानुअल म्याक्रोनसँग भेटेर मोदी वासिङ्टन जाने तय भएको छ । त्यहाँ उनले ट्रम्पसँग भेट्दैछन् ।
ट्रम्पले भारतसँग नरम नीति र चीनसँग गरम नीति लिइसकेका छन् । चिनियाँ सामानमा कर बढाएका छन् । ट्रम्पको टिममा भारतसँग नरम नीति लिनुपर्ने पक्षधर हावी छन् ।
ट्रम्पले भारतलाई साथमा लिएर बढ्ने रणनीति लिएबाट विश्व राजनीतिमा नयाँ घटना विकास हुनसक्छ । भारतलाई चुनौती दिने क्रियाकलापमा सक्रिय विश्वका कतिपय नेतालाई ट्रम्पले चेतावनी समेत दिइसकेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडेउको राजीनामा आइसकेको छ ।