ट्रम्पले लिङ्ग परिवर्तनमा लगाए रोक
एजेन्सी, १७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिङ्ग परिवर्तनमा रोक लगाउने निर्देशिका जारी गरेका छन् । अमेरिकामा विगतमा लिङ्ग परिवर्तन गर्न पाउने नियम रहेकोमा त्यसलाई उल्टाउँदै १९ वर्ष मुनीका मानिसमा लिङ्ग परिवर्तनमा रोक लगाउने निर्देशिका जारी गरेका हुन् ।
मंगलबारको निर्देशिकामा सरकारले चिकित्सा पद्धतिबाट लिङ्ग परिवर्तन गराउने गतिविधिमा रोक लगाएको हो । यो कदमलाई अतिवादी भनिएको छ । साना उमेरका बालबालिका र युवाको शरीर बिगारेर अतिवादी कदम चालिएको भन्दै ट्रम्पको आदेशमा कडा वाक्य समावेश छन् ।
सँसारमा अतिवादी शैलीमा लिङ्ग परिवर्तनको लहर समेत चलाउन खोजिएको छ । लैङ्गिक अधिकारका नाममा लिङ्ग परिवर्तन गराएर ठूलो व्यापार गर्न खोजिएको छ ।