३० फाल्गुन २०८१, शुक्रबार | March 15, 2025

पाँच अर्बको कमिशनको झगडाले ओली-प्रचण्ड दुई किनारा


January 28, 2025
12.3k
Shares

काठमाडौं, १५ माघ । कम्युनिस्टहरु कतिसम्म भ्रष्ट हुन्छन् भन्ने नयाँ स्टक एक्सचेन्जको अनुमतिलाई लिएर भएको विवादले प्रष्ट पार्दछ । विचौलियाको प्रभावमा परेर नयाँ स्टक अनुमतिका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच झगडा मात्र भएन, अन्ततः सरकार नै फेरिने अवस्था पुग्यो । यसमा पाँच अर्बको कमिसनको खेल रहेको कुरा स्वयं प्रधानमन्त्री ओलीले गरिसकेका छन् ।

यो सनसनीपूर्ण खुलासा मंगलबार प्रकाशित दृष्टि साप्ताहिकले गरेको छ । ओलीले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसँगै नेपाल स्टक एक्सचेन्जको व्यवसायिक एवं संस्थागत सुधारको योजना थन्क्याएर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने तयारी गरिसकेका छन् । अहिलेको सरकार बन्नुको प्रमुख योजना अन्तर्गत नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको खेल पनि हो ।

ओलीले प्रचण्डलाई धीतोपत्र बोर्डमा आफ्ना मान्छे नियुक्त गर्न दबाब दिएा थिए । तर, प्रचण्डले मानेनन् र रातारात बालकोटमा सहमति भयो । आरजु देउवाले बिचौलिया शैलीमा सारा चाँजोपाँचो मिलाइन् । देउवालाई लिएर बालकोट गइन् र भद्र सहमति गराइन् ।

धीतोपत्र बोर्डमा ओली र देउवाको सहमतिमा सन्तोषनारायण श्रेष्ठलाई ल्याइयो । उनलाई ल्याउनुमा स्टक एक्सचेन्जको अरबौंको कमिशनको खेल रहेको छ ।

अहिले क्याबिनेटबाट नयाँ स्टक एक्सचेन्जको काम अगाडि बढाउने निर्णय भइसकेको छ । लाइसेन्सका लागि मूल्यांकन समिति नै गठन भएको छ । जसमा दिपक भट्टको हिमालयन स्टक एक्सचेन्ज, उपेन्द्र महतोको नेशनल स्टक एक्सचेन्ज र रामेश्वर थापाको अन्नपूर्ण स्टकले आवेदन दिइसकेका छन् । भट्टले शंकर समूहको अगुवाईमा बोर्डमा आवेदन दिएका छन् । शंकर ग्रुपमा शंकरलाल अग्रवाल, शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा, राजेन्द्र खेतान, सतिशलाल मोर, विवेक दुगड, शौरभ ज्योतीलगायत छन् । लगानीकर्तामा रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ पनि छन् ।

दिपक तिमिल्सिनाको नेतृत्वमा दर्ता भएको नेशनल स्टक एक्सचेन्जमा गैरआवासीय नेपाली तथा नेपालका केही व्यापारिक घरानाहरु छन् । उपेन्द्र महतो, जिवा लामिछाने, कुल आचार्य, बद्री केसी, मनोज केडिया, क्याबिनेट श्रेष्ठको लगानी छ ।

अन्नपूर्ण स्टक एक्सचेन्जमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेतीलाई सञ्चालकको रुपमा प्रस्ताव गरिएको छ ।
तर, हिमालयन स्टक एक्सचेन्जलाई लाइसेन्स दिने गरी सेटिङ भएको छ । यसवापत् अरबौंको खेल भइसकेको छ ।

प्रतिक्रिया