मोदी-ट्रम्प टेलिफोन वार्ताको तरंग
एजेन्सी, १५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेपछि दोस्रोपटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन् । उनले सोमबार साँझ गरेको वार्तामा आपसी सहकार्यका महत्वपूर्ण विषयहरुमा छलफल गरेको जनाइएको छ ।
मोदीले वार्ताबारे ट्वीट गर्दै रक्षालगायतका विषयमा सहकार्यको छलफल भएको उल्लेख गरेका छन् । भारतीय सञ्चार माध्यमले गैरकानूनी आप्रवासीलाई ट्रम्पले उनीहरुकै देश फर्काउने भएपछि त्यसबारे पनि छलफल भएको समाचार प्रकाशित गरेका छन् । भारतले जे गर्दा राम्रो हुन्छ त्यही गर्ने जवाफ दिएको जनाइएको छ ।
मोदीले ट्वीटमा दुवै देशको आपसी विश्वास र समझदारीप्रति प्रतिवद्धता व्यक्त भएको उल्लेख गरेका छन् । दुवै देशका जनताको कल्याण, विश्व शान्ति, समृद्धि र सुरक्षा मामलामा समझदारीका साथ बढ्नेबारे कुराकानी भएको जनाएका छन् ।
पछिल्लो समय अमेरिका र भारतबीच सम्बन्ध सुदृढ हुँदै गएको छ । ट्रम्प राष्ट्रपति भएपछि भारतलाई साथमा लिएर बढ्न चाहेको सन्देश दिइरहेका छन् । यसले सँसारभर तरंग आइरहेको छ ।