१४ माघ २०८१, सोमबार | January 27, 2025

रविकै वकिल सुशिल पन्तद्वारा दिनेशको विरुद्ध वक्तव्य निकाल्ने न्यायाधीश समाजको विरोध


January 25, 2025
3.5k
Shares

काठमाडौं, १२ माघ । रवि लामिछानेको पक्षका कानून व्यवसायी हुन् वरिष्ठ अधिवक्ता सुशिल कुमार पन्त । उनै पन्तले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध वक्तव्य निकाल्ने न्यायाधीश समाजको कदमको विरोध गरेका छन् ।

पन्तले शनिबार फेसबुकमा बहालवाला न्यायाधीशहरु ट्रेड युनीयन जस्तो समाज बनाई वक्तव्य जारी गर्ने भनी प्रश्न गरेका हुन् । उनको स्पष्ट संकेत दिनेश त्रिपाठीको अभिव्यक्तिविरुद्ध न्यायाधीश समाजका महासचिव समेत रहेका विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरको हस्ताक्षरयुक्त विज्ञप्तिप्रति थियो । पन्तले बार एशोशिएसन मूकदर्शक बनेकोमा पनि आलोचना गरेका छन् ।

त्रिपाठीले रवि लामिछानेलाई धरौटीमा रिहाईको आदेश दिने न्यायाधीशको बर्खास्तगीको माग गरेपछि तरंग आएको छ । उनको अभिव्यक्तिलाई लिएर उदयपुरका दिलबहादुर राईले मुद्दा दायर गरेका छन् । न्यायाधीश समाजले त्रिपाठीको अभिव्यक्तिमाथि खेद प्रकट गरेको भोलिपल्ट मुद्दा दायर भएपछि रविकै वकिल पन्तले यी सबै गतिविधिको खुलेर आलोचना गरेका छन् ।

प्रतिक्रिया