अमेरिकामा गैरकानूनी आप्रवासीको धरपकड, सयौं निष्काशित
एजेन्सी, ११ माघ । अमेरिकामा रहेका गैरकानूनी आप्रवासीको धरपकड चलेको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेको तीन दिनमै हजारौं धरपकडमा परेका छन् । सयौं अमेरिकाबाट निष्काशित भएका छन् ।
ट्रम्पले गैरकानूनी आप्रवासीप्रति कडा नीति लिने बताएका थिए । बोलीको पक्का ट्रम्पले लाखौं गैरकानूनी आप्रवासीलाई निष्काशित गर्ने रणनीतिका साथ काम गर्न निर्देशन दिइसकेका छन् ।