१० माघ २०८१, बिहिबार | January 23, 2025

आगलागीको हल्लाले रेलबाट भाग्दा विपरित दिशाको रेलको ठक्कर, तीन नेपालीसहित १३ को मृत्यु


January 23, 2025
1.1k
Shares

एजेन्सी, १० माघ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना नेपाली पनि छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार पुस्पक एक्सप्रेसमा आगलागीको हल्लापछि यात्रुहरु निस्किएका थिए । त्यस क्रममा विपरित दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेसको ठक्करबाट उनीहरुको मृत्यु भएको हो ।

घटनामा ठूलो संख्यामा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि लगिएको छ ।

मृतक नेपालीमा नन्दराम विश्वकर्मा, लच्छीराम पासी र नवीन भण्डारी रहेको खुलेको छ ।

प्रतिक्रिया