४ माघ २०८१, शुक्रबार | January 17, 2025

अरबौंको खेल खेल्न र विदेशी घुसपैठीलाई नागरिकतासहित जग्गा दिलाउन ओलीबाट भूमिसम्बन्धी अध्यादेश


January 17, 2025
6.3k
Shares

काठमाडौं, ४ माघ । अरबौं रुपैयाँ हात पार्न र विदेशी घुसपैठीलाई नेपाली नागरिकतासहित जग्गा दिलाउने उद्देश्यले भूमिसम्बन्धी अध्यादेश ल्याएको देखिदैछ । अध्यादेशमा घरजग्गा व्यवसायीले हदबन्दीभन्दा धेरै जग्गा विक्री गर्न पाउने व्यवस्था गरेको छ । यो व्यवस्था सिधै गिरिबन्धी टी स्टेटको विवादास्पद जग्गा हात पार्न ल्याइएको देखिन्छ । अर्कोतर्फ, मीनबहादुर गुरुङलाई पनि फाइदा हुने गरी ल्याइएको छ ।

भूमिसम्बन्धी अध्यादेशबाट विदेशी घूसपैठीलाई नेपाली नागरिक बनाउने र जग्गा दिलाउने उद्देश्य पनि निहित छ । जसमध्ये मुस्लिम आयोगका वर्तमान अध्यक्ष समिम मियाँ अन्सारीले एमाले प्रवेश गराएका सयौं रोहिंग्या मुसलमानहरुको हित पनि सोचिएको छ । कार्की बैंकटमा केही वर्ष अघि अन्सारी एमाले छिर्दा सयौं रोहिंग्या पनि एमाले पसेका थिए । उनीहरुलाई नागरिकता र भूमिको लोभ देखाइएको थियो त्यतिबेला ।

राष्ट्रिय सुरक्षामा खतरा पर्ने गरी ल्याइएको भूमिसम्बन्धी अध्यादेशलाई जानकारहरुले गम्भीरताका साथ लिएका छन् । यसले नीतिगत भ्रष्टाचार मजबुत बनाउने देखिएको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालले अध्यादेशले नीतिगत भ्रष्टाचारलाई मजबुत बनाउने भन्दै यो ल्याउनेलाई भ्रष्टाचारको सरदारहरु भनेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः नीतिगत भ्रष्टाचारलाई मजबुत बनाउन भूमिसम्बन्धी अध्यादेश । धिक्कार छ, भ्रष्टाचारका सरदारहरुलाई ।

अध्यादेशमा भूमिहीनलाई सार्वजनिक जग्गा दिने विवादास्पद प्रावधान छ । त्यस्तै घरजग्गा व्यवसायीले हदबन्दीभन्दा धेरै जग्गा विक्री गर्न पाउने व्यवस्था गरेको छ । यो व्यवस्था गिरिबन्धु टी स्टेटको विवादास्पद जग्गा प्रकरण सल्टाउन पनि ल्याइएको देखिन्छ ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा क्याबिनेटबाट निर्णय गरेर गिरिबन्धु टी स्टेटको हदबन्दीको जग्गा सट्टापट्टा गरेर अरबौंको खेल खेलिएको थियो । यो खेलमा विवादस्पद व्यवसायी दिपक मलहोत्रा पनि संलग्न छन् ।

यसैगरी, मीनबहादुर गुरुङ ललिता निवासको जग्गामा मुछिएकोमा यो जग्गा समेत व्यवस्थापन गर्न अध्यादेशमार्फत् नै खोजिएको छ । मीनबहादुरको बालुवाटारको ललिता निवासको जग्गामा भाटभटेनीको सामान राख्ने ठूलो गोदाम छ । सार्वजनिक जग्गा घोषित भइसकेको उक्त जग्गा गुरुङले पुनः हात पार्न खोजेका छन् । उनले विभिन्न क्षेत्रको सार्वजनिक जग्गा हात पार्न खोजेका छन् ।

मीनबहादुरले ओलीलाई एमालेको नाममा जग्गा र पार्टी कार्यालय बनाइदिने घोषणा गरिसकेका छन् । भवनको शिलान्यास भइसकेको छ । व्यवसायी गुरुङले ठूलै स्वार्थमा एमालेलाई भवन बनाइदिन लागेका हुन् । यो घटनापछि सार्वजनिक जग्गा व्यक्तिलाई दिने र निकुञ्जको जग्गा समेत दिलाउने गरी अध्यादेश आएबाट तरंग आएको छ ।

प्रतिक्रिया