ट्रम्प टिममा हिन्दुवादी हावी
विपिन देवः अमेरिकी चिन्तक इयान विमरले वर्तमान विश्वलाई “जिरो वल्र्ड” (सून्य संचार)को रूपमा चित्रित गरेका छन् । बदलिदो परिवेशमा सँसार अब्वल नेतृत्वको खोजीमा छ । नेतृत्वको विकासका सम्बन्धमा अमेरिकामा २५ हजार पुस्तक सार्वजनिक भएका छन् । सन् २०२४ मा नै विश्वका ६० वटा मुलुकहरूका जनताले चुनावबाट आप्mनो अभिमत दिए । संसारका अब्वल प्रजातान्त्रिक मुलुक अमेरिकाले ट्रम्पलाई दोस्रो पटक निर्वाचित गरेर वर्तमान “जिरो वल्र्ड” को व्याख्यालाई प्रमाणित गरिदियो । अर्थात् “जिरो वल्र्ड” भन्नाले बेतिथीको बिम्ब हो जसले संरचनावाद (स्ट्रकचलीजम)लाई विखण्डन (डिकन्स्ट्रक्सन) गर्दछ । एक अर्थमा डिकनसर्टक्सनले हरेक मुल्य मानयतालाई प्रश्नको घेरामा राख्दछ । यसको अदभूत प्रयोगले नै ट्रम्प सत्ताआरोहण गर्ने निश्चित गरे । पुटिनसँग आफ्नो मित्रता हुनु र सत्तारोहणमा चिनियाँ राष्ट्रपति सी निमन्त्रणा गर्नु विपरित भाष्यको ज्यामितिय प्रयोग हो । त्यो भन्दा पनि ट्रम्पको भारत प्रतिको दृष्टिकोण रोचक हुन गएको छ ।
अमेरिकी राजनीति पू‘जीवादको चरम प्रयोग हो पू‘जीको निर्माण प्रविधिले गर्दछ र प्रविधिको उन्चयन मस्तिस्कले गर्दछ । एलन मस्कको चुनावी रणनीतिले ट्रम्पलाई सत्तारोहण गराएको पू‘जीवादको प्रयोग हो । अमेरिकी राजनीतिमा यहुदीको वर्चस्वको कारणले नै अमेरिकाका सारा पू‘जी, प्रविधि, सूचना र सामरिक कसरत इजरायलको पक्षमा रहदै आएको छ । अब इतिहासले कोल्टो फेरेको छ । अमेरिकी वौद्धिक प्राङ्णमा भारतेली समुदाय (अधिकांश हिन्दु) को दबदबा बढ्दै गएको छ । ५० लाख भारतीय मुलका मान्छेहरू अमेरिकी समाजमा आर्थिक र बौद्धिक हिसावले अरु प्रवासीहरू भन्दा अब्बल रहेका छन् । गुगलदेखि उच्च व्यापारिक घरानाहरूको श्रेष्ठत्तम पदहरूमा भारतीय मुलका व्यक्तिहरू नै नेतृत्व लिएका छन् । भारतको सफ्ट पावर जस्तै योग, हिन्दु दर्शन, बलिउड, संगित, खान पान र पारिवारिक धार्मिक जन जीवन अमेरिकामा आफ्नो आर्कषण बढाइरहेको छ । स्ट्रीभ जोन्सको श्रीमती महाकुम्भको मेला भर्न आउनुलाई यसको प्रतिकको रूपमा लिन सकिन्छ ।
यही रसायनलाई मानसपटलमा राखेर ट्रम्पले आफ्नो उच्च स्तरीय पदमा केही केही मुर्धन्य पदमा हिन्दु दर्शनबाट अधिक प्रभावित भएका व्यक्तिहरूलाई प्रस्तावित गरेका छन् । संसदीय पद्धतिमा सेनेटको सुनावईबाट नै उच्च स्तरीय न्युक्ति पूर्ण रूपमा प्रत्याभूत हुने गर्दछ । यसै सन्र्दभमा ट्रम्पले सेकरेट्री ऑफ स्टेट अर्थात् विदेश मन्त्रीमा माइक्रो रुवीओलाई प्रस्तावित गरेका छन् । सन् २०११ देखि नै अमेरिकी सेनेटरको रूपमा निवाचित भइरहेका सवीओ परराष्ट्र नीतिका अद्भूत जानकार व्यक्ति हो । सेनेटको विदेश विभाग समुहका समेत कार्यसम्पादन गरेका सवीओले भारतको पक्षमा सेनेटमा प्रस्ताव समेत राखेका थिए । अर्थात् अमेरिकाले भारतसंग इजरायल जस्तै उच्च स्तरको सम्बन्ध र सम्र्पक राख्नु पर्ने उक्त प्रस्तावको मनसाय रहेको थियो । पाकिस्तानमा भइरहेको हिनदु माथिको अन्याय प्रति सदैव उनले अमेरिकी सदनमा बोलेको दस्तावेज सुरक्षित छ । बंगलादेशमा भइरहेको हिन्दुहरू प्रतिको दमनलाई उनले चुनावमा नै राजनैतिक मुद्दा बनाएका थिए । व्यक्तिगत रूपमा हिन्दु दर्शनको गहिरो ज्ञान राख्ने रुवीओलाई भारतको पक्षधरको रूपमा अमेरिकी समाचार गृहहरूको चित्रित गर्दै आएका छन् ।
ट्रम्प प्रशासनको अर्को महत्वपूर्ण पक्षको प्रस्तावनामा माईक वाल्ज रहेका छन् । सैनिक पृष्ठभूमिका माइक वाल्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा प्रस्तावना गरिएको छ । सैन्य जीवनमा अफगानिस्तानमा कार्यरत रहिसकेका उनले अमेरिकी राजनीतिमा “इण्डिया काडकसको संयोजनकर्ता” को रूपमा काम गरेको इतिहास छ । “इण्डिया काउकस” भन्नाले भारत सम्बन्धी सम्पूर्ण मुद्दाहरू नीतिगत रूपमा प्रस्तुत गर्ने दायित्व उनले निर्वाह गरेको इतिहास गरेको छ । अमेरिकी छापाखानाहरूमा भारतको राजनीतिमा टिप्पणी गर्ने समेत उनले अनुभव प्राप्त गरेको छ । माइक बालज दक्षिण एसीयाको वारेमा अधिक अभिरूची राख्दछन् । माईक वालज हिन्दु दर्शनको अध्यतो हुनुको साथै संसार भरी रहेका हिन्दुहरूको पक्षमा बोल्ने एक उच्च कोटिको वक्ता समेत हुन । ईश्लामिक कट्टरपन्थीलाई सदैव निशाना बनाउने माइक वालजलाई कठोर प्रशासकको रूपमा पनि चिनिन्छ । भारतको सुरक्षा सल्लाहकार अजित दोभाल जस्तै उनी “फाइट टु फिनिश” को रणनीतिमा विश्वास गर्दछन् । मध्य एशियामा आतंकवादसँग सामरिक र रणनीतिक कसरत गर्न सर्मथ भएका कारणले नै गर्दा ट्रम्पले उनलाई यस महत्वपूर्ण पदको अभिभारा दिएका छन् ।
ट्रम्प सरकारको अर्को महत्वपूर्ण ओहदामा सिफारिश भएका नाम हुन तुलसी गायवर्ड हुन् । अमेरिकी इतिहासमा श्रीमद भागवतलाई हातमा राखेर शपथ ग्रहण गर्ने प्रथम संसदको रूपमा तुलसी ग्यावर्टलाई लिन सकिन्छ । तुलसी भगवान कृष्णको भक्त हुन् । सुन्दर सुन्दर भक्ति रसबाट श्रीकृष्णको अराधाना गर्ने तुलसीलाई गुप्तचर निकायहरु हेर्ने दायित्वको लागि सिफारिश गरिएको छ । तुलसी स्वंय इराकमा सैनिकको रूपमा काम गरेकी छिन् । यसअघि डेमोक्रयाट र पछि रिपलिब्कन बनेकी उनी लोकप्रीय छिन् र दुवै दलबाट निर्वाचित भएको इतिहास छ । एक पटक त स्वतन्त्र उम्मेदवारको रूपमा समेत निर्वाचित भएकी छिन् । बंगलादेशमा हिन्दुहरू माथि भएको अत्याचार प्रति उनले अमेरिकी सञ्चारमा जोड्दार बहस चलाएकी थिइन् । स्कन (कृष्ण प्रणामीको मन्दिर)मा बंगलादेशमा भएको आक्रमण प्रति गम्भीर हुंदै स्कोनले मानवताको नाममा मुशलमान समेतलाई संकटमा साथ दिएको समेत स्मरण गराएकी थिइन् । व्यक्तिगत रूपमा तुलसीले भारतको प्रधानमन्त्री मोदीलाई सप्रेम गीताको उदाहरण दिदै धर्म अनुसार रजनीति गर्न समेत आग्रह गरेकी थिइन् । तुलसीले धर्मलाई धारण गर्नु पर्ने हिन्दु दर्शनको सारतत्वलाई अमेरिकी जन जीवनमा जागृत गराएकी छिन् । यी नियुक्तिहरूबाट अमेरिका भारत सम्बन्ध नयॉ युगमा प्रवेश गर्ने जानकारहरूको बुझाई रहेको छ । अमेरिका र भारतको मुख्य चुनौती नै इश्लामिक कट्टरपन्थीसंग विजय प्राप्त गर्नु हो । कट्टरपन्थीको नाममा आतंकवाद र एकमना शासनको नाममा अराजकतावादसंगको संग्रामसंग साझा रणनीति बनाउन प्रजातान्त्रिक कित्ताका मुलुकहरू एक हुनु पर्ने वर्तमान भू(राजनीतिको आवश्यकता रहेको छ ।