२ माघ २०८१, बुधबार | January 15, 2025

दक्षिण कोरियाका राष्ट्रपति पक्राऊ


January 15, 2025
664
Shares

एजेन्सी, २ माघ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक इउल पक्राउ परेका छन् । उनलाई त्यहाँको सुरक्षाकर्मी घरमै पुगेर पक्राउ गरेको हो ।

गत वर्षको अन्तिमतिर देशमा फौजी कानून लागू गर्न खोजेपछि उनी संकटमा परेका थिए । उनीमाथि महाभियोग समेत लागेको छ ।

इउललाई दुई हप्ता अघि नै पक्राउको प्रयास भएको थियो । तर, सुरक्षा निकायले रोक्यो । तर, उनी पक्राउबाट जोगिएनन् ।

इउलले आफूलाई अनुसन्धान गर्न लागिएकोमा कानूनी वैधता नभएको तर्क गरेका छन् । देशमा रक्तपात हुने खतरालाई मध्यनजर गरी आफूले अनुसन्धानलाई मध्यनजर गरेको सन्देश दिएका छन् । देशमा कानूनको शासन पूर्ण रुपमा खत्तम भएको उनको तर्क छ ।

प्रतिक्रिया