हिन्दुत्व र पृथ्वीनारायण
डा. दीपेश केसीः हिन्दु विचारलाई सिरोधार्य गरेर पृथ्वीनारायण शाहले नेपालको एकीकरण मात्र गर्नुभएन तात्कालिन समयमा हिन्दू सिद्धान्तको जगलाई बलियो बनाउनुभयो । इस्लाम र त्यसपछि इशाईंहरुले हिन्दू राज्यहरुमाथि नियन्त्रण बनाइरहँदा पृथ्वीनारायण यस्ता महान योद्धा बन्नुभयो जसले हिन्दू राष्ट्रलाई जोगाउनुभयो । यस क्रममा उहाँले इस्लाम र इशाई आक्रमणकारीहरुलाई विफल समेत बनाउनुभयो । यसकारण पनि उहाँ नेपालको एकीकरणकर्ता मात्र नभई हिन्दु विचारका अभ्यासकर्ता पनि हुनुहुन्छ । हिन्दूहरु व्यक्तिगत स्वार्थमा विभिन्न राज्य बनाएर विभाजित अवस्थामा थिए । उहाँले हिन्दू राष्ट्र पराधीन हुनबाट जोगाउनका लागि साहसका साथ लडेर एकीकरण गर्नुभयो ।
डा. जगमान गुरुङले उल्लेख गरे अनुसार पृथ्वीनारायण शाहले नेपालभित्रका विभिन्न जातजातिको संस्कृतिलाई बचाउनुभयो उहाँका अनुसार नेपाल तराईमा विकसित मिथिला र कपिलवस्तुको प्राचीन गौरव गाथा लोप भइसकेको थियो । सिम्रौनगढको पतन भइ सकेको थियो । थारु राजा दङ्गी शरणको कथा मात्र बाँकी थियो । त्यस कारण त्यस वेला नेपाल तराईमा कुनै स्वतन्त्र राज्य थिएनन् । केवल जमिनदारी मात्र थिए । त्यस बेला भारतमा मुसलमानी साम्राज्यको पतन भएर अंग्रेजी साम्राज्य स्थापना हुन लागेको थियो । नेपाल उपत्यकामा इसाई पादरीहरु आएर बसिसकेका थिए । तिनीहरुले नेपालीहरुलाई पनि इसाई बनाएका थिए । हिन्दू समाजलाई योजनावद्ध तरिकाले भाँड्ने गतिविधि भइरहँदा पृथ्वीनारायण शाह नायक बनेर निस्कुनभयो । सिल्भाँ लेभीका अनुसार अंग्रेजहरुको नेपालमाथि हस्तक्षेप र मेजर किनलोकको नेतृत्वमा नेपालमा फौज पठाएको कारणले गर्दा गोरखा राजाको मिसनरीप्रतिको विचार बदलियो । युरोपेलीहरुको गतिविधिमा प्रश्न उठ्यो । पृथ्वीनारायणले सिंगो नेपालका राजा भएपछि सन् १७६९ मा क्यापुचिनहरुलाई आफ्ना अनुयायीहरुलाई पनि लिएर नेपाल छोडी बाहिर जाने आदेश दिए । हिन्दू समाजविरुद्धका गतिविधिप्रति पृथ्वीनारायण शाह शतिशाल बनेर खडा हुनुभयो । उहाँले सुन्य सहनशीलताको नीतिका साथ हिन्दूविरोधीप्रति कडा कदम चाल्नुभयो ।
डा. जगमान गुरुङका अनुसार जयप्रकाश मल्लले आफ्नो सहयोगका लागि अंग्रेजलाई गुहार्नुभएको थियो । अंग्रेजले त्यही मौका खोजी रहेका थिए तर पृथ्वीनारायण शाहले अंग्रेज र मुसलमानलाई सिन्धुलीगढीबाट माथि आउन दिनुभएन । तर, उहाँले जुनसुकै जातजातिका भएपनि नेपालीहरुलाई सुरक्षा दिनुभयो । नेपाली हो भने विरोधीप्रति पनि उहाँको लचिलो व्यवहार देखियो । डा. जगमान गुरुङका अनुसार पूर्वको हमलाका क्रममा सिक्किमतिर भागेर गएका राई लिम्बूहरुलाई पृथ्वीनारायण शाहले स्वदेशमा बोलाएर उनीहरुको अघि देखि चलि आएको थिती परम्परा, जग्गा जमिनको भोग चलन र हक अध
