रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं, २५ पौष । कास्की जिल्ला अदालतले सहकारी ठगी, सम्पत्ति शुद्धिकरणलगायतको मुद्दा खेपिरहेका रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहिबार साँझ आदेश आएसँगै रविले धरौटीवापत्को ६५ लाख बुझाएका छन् ।
आदेशमा रवि लामिछाने दोषी रहनेछन् भन्ने यकिन भइनसकेको उल्लेख छ । यसको अर्थ उनको मुद्दा अदालतमा विचाराधीन छ ।
लामिछानेमाथि अन्य जिल्लामा पनि मुद्दा भएकाले उनी पुनः पक्राउ पर्न सक्ने सम्भावना छ । कास्कीमा लामिछाने संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पुगेका छन् ।