२४ पुस २०८१, बुधबार | January 8, 2025

ट्रम्प र मोदीबीच सहयात्राले के होला ?


January 7, 2025
1.2k
Shares

विपिन देव: भू-राजनीतिक परिवेश र घटना अप्रत्यासित हुने गर्दछ । इतिहासको घटना सुनामी जस्तै आकस्मात र अकल्पनिय पनि हुन्छ बेलाबखत । आधुनिक विश्व इतिहास यसको साक्षी रहेको छ । आधुनिक इतिहास १९१० देखि सुरु भएको मानिन्छ । जसलाई नयॉ गोरेटो र दिशानिर्देश दिने कामको तयारी १९१८ मा लेनिन र महात्मा गान्धीले गरेका थिए । इतिहासको लागि एउटा अकल्पनिय कालखण्ड थियो । दुई पृथक विचारधारा भएका गान्धी र लेनिनले विश्व राजनीतिलाई नयॉ भाष्य र दिग्दर्शन प्रदान गरे । सन् १९२० मा अहिंसा एक आन्दोलनको रूप लियो ।

संसारमा सर्वाधिक लोकप्रियता भएको उक्त आन्दोलनले भारतमा मात्रै जन जगागरण चलाउन सर्मथ भएन कि पश्चिमा समाजमा रंगभेदको लागि अहिंसात्मक आन्दोलन लक्ष्मणबुटीको रूपमा प्रयोग भयो । एकातर्फ अहिंसात्मक आन्दोलनले नयॉ भाष्यको लोकप्रियता प्राप्त गर्दै थियो भने युरोप आर्थिक मन्दीको भुमरीमा अवतरित भइसकेको थियो । सन् १९३९ को आर्थिक मन्दीको गर्भबाट नै हिटलरको उदय भयो जसले गर्दा मानवताले विभत्स घटनाको दृष्य देख्यो । अर्थात् संसारले द्वितिय विश्व युद्धको सामना गर्नु पर्यो । द्वितिय विश्व युद्धको रापले गर्दा सम्राज्यवाद र उपनिवेशवादको अन्त्य भयो ।

भारतीय माटोमा भीमकाय रुपधारण गरेका उपनिवेशवादको चिहान नै भारतको माटो बन्यो । इतिहासले आफ्नो कोल्टो फेर्दै थियो । विरोधाभाष इतिहासको रूप हो । सन् १९४७ मा भारतले प्रजातन्त्र र स्वतन्त्रताको शंखनाध गरेर एउटा स्वतन्त्र राष्ट्रको रूपमा आफूलाई उद्घोष गरेता पनि विभाजनको घाउले स्वतन्त्रताको खुसी र विभाजनको पिडाको अनुभुति साथ साथै भोग्नु पर्यो । सन् १९६२ मा भारत चीन युद्ध, सन् १९७० मा पाकिस्तानवाट बंगलादेश विभाजित, ७० को दशकमा नै भारतमा आपत्तकालिन युगको शुरुवात, सन् १९८० मा अहिंसात्मक तरिकाले सोभियत रुस विखण्डन, ८० को दशकमा नै देङद्वारा चीनमा नयॉ उदारवादको प्रयोग इतिहासका महत्वपूर्ण कालखण्डको रूपमा लिन सकिन्छ । इतिहासको एउटा घटनाले अर्को घटनाको लागि वातावरण निर्माण गर्दछ । प्रथम विश्व युद्ध र दोस्रो विश्व युद्धलाई निमन्त्रणा गर्यो भने दोस्रो विश्व युद्धकचो कोखबाट शित युद्धको सुरुवात भयो । शितयुद्धको बाछिटाको रूपमा नै रुस युक्रेन युद्धलाई लिन सकिन्छ ।

बेलायती साम्राज्यवाद भारतमा आउदा उनीहरूले कल्पना गर्ने विषय थिएन कि एक दिन भारतीय मुलका नागरिक बेलायतको प्रधानमन्त्री हुन्छ । (ऋषी सुनान्द) रंगभेदबाट विभाजित अमेरिकी समाजले अन्दाज गर्न सकेको थिएन कि अमेरिकाको राष्ट्रपति अस्वेत (ओबामा) हुनेछ । अर्थात् उल्लेखित इतिहानसको घटना र परिघटनाहरूलाई इतिहासको विरोधाभाषको रूपमा व्याख्या गर्न सकिन्छ । वर्तमान भू(राजनीतिक परिवेशमा मोदी र ट्रम्पलाई समेत इतिहासको विरोधाभाषको रूपमा व्याख्या गर्न सकिन्छ । चीनिया नीतिका कडा आलोचक डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानमा चीनलाई नै तारो बनाएका थिए । तर आप्mनो शपथ ग्रहण समारोहमा चिनियाँ राष्ट्रपतिलाई निमन्त्रणा दिएर इतिहासको विरोधाभाषलाई उनले प्रयोग गरेका छन् ।

इतिहासको विरोधाभाषलाई प्रयोग गर्न मोदी पनि खप्पिस देखिएको छ । मुस्लिम तुष्टिकरणको कटु आलोचक मोदी मुस्लिम राष्ट्रहरूबाट अधिक महिमा मण्डित भएको छ । १२ वटा मुस्लिम राष्ट्रहरू मोदीलाई सर्वोच्च सम्मानबाट विभूषित र अलंकृत गरिसकेको छ । भू(राजनीतिक जटिलताबीच मोदी र ट्रम्पको सहयात्राले वर्तमान अन्तर्राष्ट्रिय सम्बन्धलाई अधिक प्रभावित गर्न सक्ने अनुमान गर्न सकिन्छ । दक्षिण एसिया भू(राजनैतिक दृष्टिकोणले तरल देखिएको छ । भू(राजनैतिक बनौटले गर्दा भारतको चुनौती पनि अधिक देखिएको छ । जानकारहरूको अनुसार भारतको सार्मथ्य कमजोर भएको खण्डमा दक्षिण एशियाको भू(राजनैतिक चुनौतीलाई चिर्न भारतलाई असहज हुन सक्दछ । पाकिस्तानवाट आतंकवादको समस्या, बंगलादेशबाट शरणार्थीको समस्या, म्यानमारवाट रोहिंगाको समस्या, श्रीलङ्काबाट वित्तिय र सहयोगको अपेक्षा जस्ता कारणहरूले गर्दा दक्षिण एशियाको व्यवस्थापन भारतको लागि कठिन चुनौती भएको छ । दक्षिण एशियाली मुलुकहरूको चुनावी भाष्य नै भारत विरोधबाट आरम्भ हुन्छ भने सरकार निर्माण हुन वित्तिकै वित्तिय संकट मोचनको रूपमा भारत समक्ष आत्म सर्मपन गर्दछ । मालदिभ्स यसको प्रतिनिधि उदाहरण हुन । माउजोको चुनावी अभियान नै “भारत आडट” को नारामा आधारित थियो भने सरकार निर्माणका साथै वित्तिय संकटवाट जोगाउन सन् २०२४ डिसेम्बरमा भारत यात्रा गरेका छन् । श्रीलङकामा ४ विलियन अमेरिकी डलर भारतवाट सहयोग प्राप्त गरेर दिवालीयापनको संघारबाट जोगिएको छ ।

वर्तमान भू(राजनीतिक अवस्थामा वंगलादेशको राजनैतिक अस्थिरता बडो असहज देखिएको छ । वाइडेन प्रशसानले बँगलादेशको आन्तरिक व्यवस्थापन गर्दा इश्लामिकरणको प्रकोपलाई आँकलन गर्न सकेन । पाकिस्तानी खुफिया एजेन्सी, इस्लामिक कट्टरपन्थी र तस्करहरूको संयोजनले गर्दा बंगलादेशको आधुनिकरणको यात्रामा ठुलो विराम लाग्यो जसको दस्तुर त्यहॉका अल्पसंख्यक हिन्दुहरूलाई चुकाउनु पर्यो । वर्तमान भू(राजनैतिक अवस्थामा पाकिस्तान र तालीवानको द्वन्द्व चुलिएको अवस्था छ । यी द्वन्द्व र भिडन्तको आवरणमा आतंकवाद र कट्टरपन्थी गतिविधि बढ्ने सम्भावना देखिएको छ । बंगलादेश पाकिस्तानसंग नजिक हुंदै गइरहेको अवस्थामा वंगलादेश समेत आतंकवादीहरूको कारखाना भविष्यमा हुन सक्ने सम्भावनालाई इनकार गर्न सकिदैन । यस विषय परिस्थितिमा ट्रम्प र मोदीको सामरिक र रणनीतिक साझेदारी हुनु पर्ने इतिहासको माग रहेको छ ।

प्रतिक्रिया