२०२४ मा भारतको कूटनीतिक प्रभाव
विपिन देवः सन् २०२४ भू-राजनीतिक दृष्टिले तनावपूर्ण वर्ष हो । रुस र युक्रेनबीच युद्ध विराम नहुन सक्नु, इजरायल हमास द्वन्द्व मध्य एसियामा पैmलिनु, पाकिस्तान तालीवानबीच टकराव बढ्नु, बंगलादेश अराजकताको भूमरीमा फस्नु, चीन दक्षिण सागर लगायत ताइवानमा आक्रमक शैली बढाउनु जस्ता अनेकौं घटनाहरूको वर्तमान भू(राजनीतिक परिदृष्यलाई उदघाटित गर्दछ । सन् २०२४ लाई चुनाबी वर्षको रूपमा समेत लिइन्छ । विश्वका ६० वटा मुलुकहरू चुनावी अभ्यास गरेको देखिन्छ । दक्षिण एसियामा भारत, बंगलादेश, श्रीलङ्का, रुस, युरोपेली मुलुकहरू लगायत अमेरिका समेतले चुनावी प्रक्रियामा सहभागी भई सरकार निर्माण गरेको देखिन्छ । सन् २०२४ मा संरक्षणवाद र रिगलोवलाइजेसनस (पुनः भूमंडलीकरणले) एउटा नयॉ भाष्य निर्माण गरेको देखिन्छ । यही आलोकमा भारतीय परराष्ट्र नीति समेत परिचालित भएको देखिन्छ । भारतीय परराष्ट्रनीतिको सुत्रात्मक व्याख्या गर्दै भारतका परराष्ट्रमन्त्री डा. जयशंकरले आफ्नो पुस्तक “इण्डिया वे” मा भारतको उद्देश्य अमेरिकासंग सहयात्रा गर्नु, चीनसंगको सम्बन्धलाई व्यवस्थित गर्नु रुसलाई विश्वासमा लिनु, युरोपसंग सघनता बढाउनु, जापानसंग चलायमान सम्बन्ध कायम गर्नु र छिमेकसंग अन्तरक्रियात्मक सम्बन्धलाई अगाडी बढाउंदै लानु हो भने उल्लेख गरेका छन् । भारतीय परराष्ट्र नीति यही गोलचक्करमा घुमिरहेको देखिन्छ । सन् २०२४ को भारतीय प्रधानमन्त्रीको अमेरिकी यात्रा वडो महत्वपूर्ण देखिन्छ ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले आफ्नो गृहनगरमा नै मोदीलाई विषेश आतिथ्य दिएका थिए । अमेरिकी यात्राकै सेरोफेरोमा क्वाड सम्मेलन समेत भएको थियो । क्वाडका राष्ट्रप्रमुखहरूसंग मोदीको द्विपक्षिय सम्वाद समेत भएको थिए । क्वाडमा सम्वद्ध भएका मुलुकहरू जापान, अष्ट्रेलीया अमेरिका र भारत हुन् । सन् २०२४ को कर्वाड समीटले हिन्दमहासागरीय क्षेत्रमा प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरू विच सहयात्रा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको थियो । अर्थात् उक्त क्षेत्रमा चीनिया आक्रमकशैलीले गर्दा आसीयानका मुलुकहरू फिलिपिन्स, भियतनाम, मलेशीया र अन्य आक्रान्त रहेका छन् । हिन्दमहासागरीय क्षेत्रमा सामुद्रिक कानुनलाई पूर्ण रूपमा पालना गर्न र गराउन क्वाडको उक्त सम्मेलनबाट प्रतिवद्धता जाहेर गरेको थियो । भारतको भौगोलिक बनौटका कारणले गर्दा हिन्दमहासागरीय क्षेत्रमा मुख्य भुमिका रहदै आएको छ । सन् २०२४ को जुलाईमा मोदीको रसिया यात्रालाई विश्वमा कहलिएका छापाखानाहरू अधिक ठाउ‘ दिएका थिए । नकारात्मक र सकारात्मक समिक्षा समेत रहेको थियो । रुसको सर्वोच्च सम्मानबाट विभूषित हुनु जस्ता घटनालाई पश्चिमा छापाखानाहरूले कटाक्ष समेत गरेका थिउ ।
युक्रेनका मुखिया जेलेन्सकीले विश्वको सबभन्दा ठुलो प्रजातान्त्रिक देशको नेता मोदीले तानाशाहको उपमा पाएका पुटिनलाई आलिंगन गर्नु जस्ता परिघटनालाई उपहास गरेका थिए । मोदीको रसीया यात्रा भारतको राष्ट्रिउ स्वार्थबाट परिलक्षित थियो । रसीयाबाट कच्चा तेल सस्तो दरमा खरिद गरि आफ्नो प्रसोधित क्षमतावबाट युरोपमा निर्यात गरेर भारतीय अर्थतन्त्रको विकास दरको तीव्रता बढाउनु कूटनीतिको मर्म रहेको थियो । साथ साथै रसियाको यात्राको लक्ष्य हात हतियार लगायत अरू द्विपक्षिय कारोवारलाई सम्वलता प्रदान गर्नु थियो । सन् २०२४ मा मोदीको यात्रा युक्रेन समेत भएको थियो । मोदीको युक्रेन यात्राबाट रुस युक्रेन विच शान्तिको यात्रामा केही सकारात्मक सम्वोधन हुने आकलन रहेता पनि धरातलीय अवस्थामा कुनै सुधार देखिएन । मोदी विक्रस सम्मेलनको सन्र्दभमा रुसको दोस्रो यात्रा समेत सन् २०२४ मा नै भएको छ । यो यात्रा फलदायक रहेको छ । ब्रिक्स शिखर सम्मेलनको सेरोफेरोमा नै चीनिया राष्ट्रपति सी र मोदीबीच सघन वार्ता भएको थियो । वार्ताको पराकम्पनबाट चीन र भारतले गलवान घाटी लगायत अन्य सीमावर्ती क्षेत्रमा तनाव शिथिलिकरण गर्न सम्झौता गरेको थियो । सन् २०२० देखि दुई देश विच तनाव चूलिएको अवस्था थियो । सन् २०२४ जुन मा मोदीको यात्रा जी सेभेन राष्ट्रहरूको शिखर सम्मेलनमा भएको थियो । इटालीमा भएको उक्त कार्यक्रममा युरोपेली राष्ट्र प्रमुखहरू मोदीको सम्वाद भएको थियो । सन् २०२४ मा नै जी टेउन्टीको शिखर सम्मेलनको सेरोफेरोमा भारतले दक्षिण गोलाद्धका १२४ वटा मुलुकहरू प्रतिनिधिहरूसंग सम्वाद गरेका थिए ।
विद्युतीय माध्यमबाट भएको उक्त सम्वादमा ११३ वटा देशहरू मन्त्रीहरू समेत सहभागी भएका थिए । विश्वका ६० प्रतिशत जनसंख्या प्रतिनिधित्व गरेका दक्षिण गोलाद्ध (ग्लोवेल साउथ)का मुलुकहरूको आवाजलाई जी टेउन्टीको शिखर सम्मेलनमा ध्वनित गर्नु भारतीय परराष्ट्र नीतिको प्रमुख उपलब्धि मध्ये एक हो । सन् २०२४ मा नै मोदीको आसीयान मुलुकहरूको यात्रा कुटनीतिक हिसावले महत्वपूर्ण देखिन्छ । भारतको आर्थिक विकासमा आसीयानको भूमिका महत्वपूर्ण रहेको छ । ९० को दशकमा नरसिंहा रावले “लुक इष्ट” को नारा दिनु र मोदीको आगमनको साथै “एक्ट इष्ट” को नारा दिनुको पछाडी भू(अर्थनीति रहेको छ । एका तर्पm आसीयानबाट व्यापार र पू‘जी बढाउने भारतको लक्ष्य रहेको छ भने अर्को तर्पm चीनलाई सन्तुलनमा राख्न पनि आसीयानसंगको सम्बन्ध अपरिहार्य रहेको छ । तदनुरूप सन् २०२४ मा मोदीले व्रुनई, सिंगापुर, मलेशीया, लाओस समेत यात्रा गरेका छन् । भारतले अफ्रिकासंगको सम्वन्धलाई समेत उच्च महत्व दिएको छ । भारतको अध्यक्षतामा अफ्रिकी युनियन जी ट्वेन्टीको सदस्य हुनु जस्ता परिघटनालाई जानकारहरू भारतीय परराष्ट्र नीतिको उपलव्धिको रूपमा व्याख्या गरेका छन् । घानाको यात्रामा त्यहाको सर्वोच्व सम्मानबाट अंलकृत हुनु परराष्ट्रनीतिको नै प्रतिफल हो ।
सन् २०२४ नै भारतको दक्षिण एशियाली नीतिमा धेरै उत्तार र चढाव देखिएो छ । “इण्डिया आवट” को नारामा विजित भएका मालदिभ्सका नेता मोहम्द माओज सन् २०२४ डिसेम्बरमा भारत यात्रा गर्दै मालदिप्सको आर्थिक विकासको लागि भारत मात्र विकल्प रहेको अभिव्यक्ति दिएका छन् भने सन् २०२४ डिसेम्वरमा श्रीलङ्का राष्ट्रपति भारत यात्रा गरेका छन् । श्रीलङ्काको वित्तिय संकटमा भारतको भूमिकालाई उच्च मूल्याकङन गर्दै आउने दिनमा श्रीलङका र भारत सम्बन्धलाई विषेश सम्बन्ध बनाउने श्रीलङ्काका राष्ट्रपतिले सार्वजनिक रूपमा सम्वोधन गरेका छन् । भारत-भुटान सम्बन्ध सन् २०२४ मा नयॉ उचाई लिएको छ । भुटानी राजा र प्रधानमन्त्रीको ४ पटकको दिल्ली यात्राले यसलाई विम्वित गरेको देखिन्छ । सन् २०२४ मा भारत र क्यानाडा विच सम्बन्ध चिसिइको छ । आरोप र प्रत्यारोप विच रहेको सम्बन्धमा अन्योलता देखिएको छ । सन् २०२४ मा वंगलादेशमा शेख हसिनाको अपदस्तले भारत-वंगलादेश सम्बन्ध अन्योलमा देखिएको छ । वंगलादेशमा हिन्दुहरू माथिको वर्वरतालाई नरोक्न सक्नुलाई भारतीय परराष्ट्र नीति माथि प्रश्न चिन्ह कोरिएको छ । ट्रम्पको आगमनको साथै भारत(अमेरिका विचको सहकार्यको यात्राले वंगलादेश हिन्दुमाथिको ज्यादति बन्द हुने जानकारहरूको बुझाई रहेको छ । सन् २०२४ को भारतीय कूटनीतिको अर्जुनदृष्टि नै पू‘जी र प्रविधि भारतमा भित्र्याउनु हो । यी पृष्टभूमीमा भारतले आर्थिक विकास दरमा तीव्रता दिनु, निर्यात बढाउनु र अन्तर्राष्ट्रिय मञ्चमा आप्mनो आवाजलाई ध्वनित गर्नु परराष्ट्रनीतिको उपलब्धीको रूपमा लिन सकिन्छ । ८० को दशकमा विश्व घटनामा भारतलाई रिएकाटीभ (प्रतिक्रिया िदिने) भनिन्थ्यो भने वर्तमान परिवेशमा भारतलाई एजेन्डा सेटर (कार्यसूची राख्ने) देशमा मूल्याङ्कन गरिन्छ ।