मस्कमाथि जर्मनीको चुनावलाई प्रभावित पार्न खोजेको आरोप
एजेन्सी, १५ पौष । अर्बपति व्यवसायी इलन मस्कमाथि जर्मनीको चुनावलाई प्रभावित पार्न खोजेको आरोप लागेको छ । एक्समा पोष्ट गर्दै जर्मनीका चान्सलर ओलफ स्कल्ज फेब्रअरीमा हुने चुनावमा पराजित हुने भविष्यवाणी गरेपछि त्यस्तो आरोप लागेको हो ।
जर्मनीको सरकारले मस्कले चुनावलाई नै प्रभावित पार्न खोजेको आरोप लगाएको छ । मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट भएका छन् । उनले अमेरिकी मूलधारका मिडियालाई नै कमजोर पारिदिएका छन् । चुनावमा उनको साथले ट्रम्पलाई जित सहज बनाइदिएको थियो ।