मनमोहन सिंहः अचानक अर्थमन्त्री अचानक प्रधानमन्त्री
एजेन्सी, १२ पौष । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको पहिचान नै हो अचानक । उनलाई धेरैले एक्सिडेन्टल प्रधानमन्त्री पनि भने ।
मनमोहन सिंह प्राज्ञिक क्षेत्रमा रमाइरहेका थिए ।सन् १९९१ को जूनको समय थियो । नेदरल्यान्डको सेमिनार सकेर फर्किएका सिंह थाकेर सुतिरहेका थिए । उनका ज्वाईँ विजय टाखाले एउटा फोन उठाए । त्यो फोन थियो भारतका तत्कालीन प्रधानमन्त्री पीभी नरसिंहा राओका विश्वासपात्र पीसी अलेक्जेन्डरको । उनले विजयलाई ससुरा मनमोहन सिंहलाई उठाउन भने ।
त्यसको केही घन्टापछि अलेक्जेन्डरले सिंहलाई भेटे । तत्कालीन प्रधानमन्त्री रावले सिंहलाई वित्तमन्त्री बनाउन चाहेको सुनाए । त्यतिबेला युनिभर्सिटी ग्रान्ट कमिशनका प्रमुख रहेका सिंह राजनीतिमा थिएनन् । उनले अलेक्जेन्डरको प्रस्तावलाई गम्भीरतापूर्वक लिएनन् ।
पीभी नरसिंह रावले गम्भीरतापूर्वक लिएरै अलेक्जेन्डरलाई खटाएका थिए । २१ जुनमा सिंह युजिसी कार्यालयमा हुँदा खबर आयो मन्त्रीको सपथ लिन तयार हुनु । सिंहकी छोरी दमन सिंहले लेखेको पुस्तकमा मनमोहन सिंहलाई मन्त्रीको सपथका लागि पुग्दा सबै छक्क परेको उल्लेख छ । सिंह मन्त्री बनेर भारतको अर्थतन्त्रमा व्यापक सुधारका कार्यक्रम ल्याए ।
सफल अर्थमन्त्री बनेका सिंहको भाग्य बलियो थियो । सन् २००४ मा कँग्रेस आईसहितको गठबन्धन सरकारको नेतृत्व गर्ने निर्णयमा पुग्यो । सोनिया गान्धी प्रधानमन्त्री बन्ने अवस्था बन्यो । तर, विपक्षीले इटालीकी पूर्वनागरिक सोनियालाई भारतको प्रधानमन्त्री बन्न नदिने अडान कस्यो । त्यसपछि सोनियाले मनमोहन अधिकारीलाई अघि सारिन् । उनी २०१४ सम्म भारतको प्रधानमन्त्री बने ।
सिंहलाई सोझा व्यक्तित्वका रुपमा लिइयो । उनी लामो समय मुटुको समस्यासँग जुधिरहे । सन् २०२४ को डिसेम्बर २६ मा सिहंको निधन भयो ।