१२ माघ २०८१, शनिबार | January 26, 2025

युक्रेनविरुद्ध रुस झन् आक्रामक


December 26, 2024
830
Shares

एजेन्सी, ११ पौष । रुस युक्रेनविरुद्ध झन् आक्रामक बनेको छ । उसले युक्रेनमाथि क्रिसमसमा समेत आक्रमण गरेको छ ।

रुसी आक्रमणबाट युक्रेनको ऊर्जा केन्द्रहरुमा ठूलो क्षति पुगेको छ । युक्रेनको थप भूभागमाथि रुसले कब्जा समेत गरेको छ ।

क्रिसमस अघि युक्रेनले रुसी जर्नेलको हत्या गराएको थियो । उसले रुसका कतिपय भवनमा क्षति पुग्ने गरी हमला समेत गरेको थियो ।

युक्रेनलाई चेतावनी दिदै आएको रुसले झन् आक्रामक रणनीति बनाएको छ । यो ठण्डीपछि दुई देशबीचको युद्ध अन्त हुने आँकलन भइरहँदा आक्रमण झन् बढेको छ ।

प्रतिक्रिया