१३ माघ २०८१, आइतबार | January 26, 2025

सर्वोच्च बारको चुनावमा काँग्रेस र एस समर्थक वकिलको गठबन्धन, कस्को प्यानलमा को


December 23, 2024
1.2k
Shares

काठमाडौं, ८ पौष । सर्वोच्च अदालत बार एशोशिएशनको कार्यसमिति तथा केन्द्रीय कार्यकारिणीको चुनावमा नेपाली काँग्रेस र नेकपा एस समर्थक कानून व्यवसायीहरु मिलेका छन् । उनीहरुले गठबन्धन बनाएर उम्मेदवारी दिएका छन् ।

२० पौष शनिबार हुने चुनावमा नेपाली काँग्रेस र नेकपा एसबाट समर्थनप्राप्त समूहबाट मेघराज पोखरेल, नेकपा एमालेनिकट समूहबाट महेशकुमार थापाबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । अर्को समूहबाट प्रेमसिंह धामी उम्मेदवार छन् ।

पोखरेल समूहबाट उपाध्यक्षमा अम्बर बहादुर राउत, सचिवमा रमण कुमार कर्ण, सहसचिवमा पुन्देवी महर्जन, कोषाध्यक्षमा रामचन्द्र पौडेल, महिला केन्द्रीय सदस्यमा शशी बस्नेत, अन्य सदस्यमा दुर्गा मोहन श्रेष्ठ, इन्द्र शेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वर प्रसाद चौधरी, निर्मल प्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी, प्रदीप कुमार राजवंशी र पुरुषोत्तमप्रसाद लोहनी रहेका छन् ।

थापा समूहमा उपाध्यक्षका लागि भिष्मराज कडरिया, सचिवमा पुष्पराज पौडेल, सहसचिवमा श्रुतिकुमारी रेग्मी, कोषाध्यक्षमा अनन्तराज लुईटेलले उम्मेदवारी दिएका छन् । सोही समूहबाट केन्द्रीय सदस्यका लागि महिलाबाट सुधा धिताल, अन्यबाट रामेश्वर प्रसाद कोइराला, माधव प्रसाद घिमिरे, जगन्नाथ मिश्र, भेषराज न्यौपाने, भोलानाथ ढुंगाना, टीकाध्वज खड्का, भक्तिराम घिमिरे, सुशिल कुमार शर्मा सापकोटा उम्मेदवार छन् ।

उपाध्यक्षमा उत्तमबहादुर श्रेष्ठ, सचिवमा प्रभाकरण श्रेष्ठ, कोषाध्यक्षमा डा. रामहरि त्रिपाठी उम्मेदवार छन् । ख्याम नारायण सापकोटा र सतिशराज मैनाली पनि सदस्यका उम्मेदवार हुन् ।

प्रतिक्रिया