८ माघ २०८१, मंगलबार | January 21, 2025

बँगलादेशमा हिन्दूमाथि यो वर्ष २२ सय हिंसा


December 21, 2024
498
Shares

एजेन्सी, ६ पौष । बँगलादेशमा हिन्दू र अल्पसंख्यक समदुायमाथि हिंसाका घटनामा व्यापक वृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार सन् २०२४ मा हिन्दू र अल्पसंख्यकमाथि २२ सय भन्दा बढी हिँसा भइसकेको छ ।

बँगलादेशमा मोहम्मद युनुसले सरकारको नेतृत्व लिएपछि हिंसाको घटना झन् बढेको छ । भारतको लोकसभामा विदेश राज्यमन्त्री किर्तिवर्धन सिंहले सार्वजनिक गरेको तथ्यांकमा सन् २०२४ मा बँगलादेशमा हिन्दूमाथि २२ सय हिंसाको घटना भएकोमा पाकिस्तानमा अक्बोटरसम्म ११२ घटना भएका छन् ।

सन् २०२३ मा हिन्दूमाथि ३०२ हिंसाको घटना भएका थिए । २०२२ मा ४७ मात्र त्यस्ता घटना भएका थिए । पाकिस्तानमा सन् २०२२ मा हिन्दूमाथि २४१ हिंसा भएका थिए ।

शेख हसिनाले देश छाडेपछि हिंसाको घटना झन् बढेको छ । उनी भारतमा निर्वासनमा छिन् ।

प्रतिक्रिया