४ पुस २०८१, बिहिबार | December 19, 2024

नेहरु नीति छाडेर चाणक्य नीतितर्फ भारतको विदेश नीति


December 19, 2024
664
Shares
विपिन देवः भारत स्वतन्त्र हुनु भन्दा पहिले भारतीय राष्ट्रिय काङ्ग्रेसले भावी परराष्ट्र नीतिको तयारी गरिरहेको थियो । परराष्ट्र समितिको अध्यक्षता नेहरु स्वयं गरिरहेका थिए भने दस्तावेज, सम्पर्क र सम्बन्धलाई विस्तार गर्न सचिवको रूपमा डा. राम मनोहर लोहिया थिए । स्वतन्त्रत हुनु भन्दा पहिले नै नेहरुको नेतृत्वमा एशिया र अफ्रिका समीट दिल्लीमा भएको थियो । भारत स्वतन्त्र हुने वित्तिकै परराष्ट्रनीति उपनिवेशवाद, सम्राज्यवाद र विस्तारवादको विरोधमा स्वर मुखरित गरिएको थियो । नेहरुले “डिस्कोभरी आफ इण्डिया”मा पू‘जीवादलाई उद्यौगीकरणको मानसपुत्रका रूपमा संज्ञा दिदै समाजवादका पक्षमा वकालत गरेका छन् । एशिया र अफ्रिकामा परिर्वतनको शंखनाद गर्न असंलग्न परराष्ट्रनीतिका प्रनेताका रूपमा नेहरुलाई लिइन्छ । पञ्चशिल सिद्धान्तलाई प्रत्याभूत गर्न इन्डोनेशियाका नेता सुक्रानो र चिनियाँ नेता माओसँग समेत उनले सहकार्य गरेका थिए । नेहरुको चीन प्रतिको मोह र सदभाव आज भारतीय परराष्ट्रनीतिको लागि ठूलो बहस भएको छ । चिनियाँ सभ्यता र संस्कृती प्रति नेहरुको आकर्षणले गर्दा अमेरिका लगायत पश्चिमा जगत नेहरुसंग चिढिएका थिए । नेहरु चीनको पक्षमा हरेक अन्तराष्ट्रिय मञ्च तर्प उठान गर्थे ।
नेहरुका समकालीन उच्च नेतृत्व नेहरुको परराष्ट्रनीतिको कटु आलोचक थिए । नेहरुको मन्त्रीमण्डलबाट डा. अम्वेडरले राजीनामा दिदा नेहरुको अमेरिका प्रतिको दृष्टिकोणलाई प्रश्नको घेरामा राखेका थिए भने हिन्दुमहासभाका नेता र भारतीय जनता पार्टीका पर्वतक डा. श्याम प्रसाद मुखर्जी समेत नेहरुलाई अमेरिका प्रति सहज र नरम नीति अबलम्बन गर्न आग्रह गरेका थिए । सोभियत रुस र अमेरिकाको शक्ति संग्राममा नेहरु सोभियत संघतर्फ ढल्किए । एक अर्थमा भन्ने हो भने भारतमा अमेरिका लगायत पश्चिमा निवेशको लागि त्यो पल सुनौलो अवसर थियो । सन् १९४७ देखि सन् १९९० सम्म भारतीय परराष्ट्रनीति नेहरु सिद्धान्तको आधारशिलामा नै अगाडि बढेको थियो ।
९० को दशकमा पीभी नरसिंहा रावले परराष्ट्र नीतिमा तात्वीक परिर्वतन गरेता पनि नेहरुको सिद्धान्तलाई चुनौती दिएनन् । सन् २०१४ मा मोदीको आगमनको साथै परराष्ट्रनीतिमा नेहरु सिद्धान्तलाई विर्सजन गर्न संस्थागत निर्णय लिएको देखिन्छ । नब्वेको दशकमा भारतको जि.डि.पि. ३०० विलियन अमेरिकी डलर थियो भने वैदेशिक व्यापार ४० विलियन अमेरिकी डलरको रहेको थियो । वर्तमान परिवेशमा भारतको जि.डि.पी. लगभग ४ ट्रिलियन अमेरिकी डलर रहेको छ भने वैदेशिक व्यापार १ दशमलव २५ ट्रिलियन डलर रहेको छ । संसारमा सबभन्दा तीव्र गतिले विकसित गरिरहेको अर्थतन्त्रको रूपमा भारत रहेको छ । तिव्र आर्थिक विकास दरको कारक तत्वको रूपमा परराष्ट्रनीतिलाई मान्न सकिन्छ ।
चाणक्यको अर्थशास्त्र अनुसार परराष्ट्र नीतिको अर्जुनदृष्टि नै मौद्रिक नीतिमा आधारित हुनु पर्दछ । सन् २०१४ देखि मोदीको हरेक विदेश यात्रा पू‘जी निवेश, प्रविधि प्रत्यारोपण, व्यापारिक कारोबार र पर्यटन विकास रहेको छ । परराष्ट्रनीतिको प्रयोगमा चाणक्यले मौनतालाई उच्च प्राथमिकता दिएको देखिन्छ । अर्थात् सांकेतिक अभिव्यक्तिबाट राज्यले आफ्नो लक्ष्य प्राप्त गर्नु पर्दछ भने चाणक्यको आग्रह रहेको छ ।  मालदिभ्सले भारतलाई चुनौती दिदा र चीनको पक्षमा बकालत गर्दा मोदीले लक्षद्वीप टापु यात्रा गरेका थिए । सांकेतीक रूपमा लक्षदीप टापुमा भारतीय पर्यटनलाई आर्कषण गर्नु थियो । जसको पराकम्पनले मालदीभ्सको पर्यटन व्यापार धरासाही भयो । यो कूटनीतिक अस्त्र चाणक्य नीतिको प्रयोग थियो । वर्तमान परिवेशमा मोदीले बँगलादेशसँग पनि चाणक्य नीतिको प्रयोग गरेको देखिन्छ । बँगलादेशको १६ डिसेम्बरको जन्म दिनको अवसरमा बँगलादेशको मुक्तिको लागि भारतीय सैनिकहरूको सहादताई मोदीले ट्वीइटमा उल्लेख गरे । यसको सांकेतिक संदेश थियो कि भारतीय सैनिकको सहादतले नै बँगलादेशको जन्म भएको हो र बँगलादेशले  हिन्दुहरू माथि ज्यादतीलाई निरन्तर राखेको खण्डमा भारत कूटनीतिक क्षेप्यास्त्र चलाउन सक्षम रहेको छ ।
चाणक्यले आफ्नो सिद्धान्तमा “मण्डेला”को चर्चा गरेका छन् । अर्थात् राज्यले आफ्नो विकास र विस्तारका लागि हरेक गठवन्धन र गठजोडमा सहभागी हुनु पर्ने तर्क उनको रहेको छ । वर्तमान परिवेशमा भारत हरेक वैश्वीक मञ्चमा आफ्नो प्रतिनिधित्व बढाइरहेको छ । अमेरिकी नेतृत्वमा क्वाड (अष्ट्रेलीया, अमेरिका, जापान र भारत) मा सक्रिय रहेको छ भने जी टे्उन्टीमा समेत भारतको सक्रियता रहेको छ । त्यस्तै चीन र  रुसको वर्चस्व भएको संगठन ब्रिक्स र संघाई सहयोग संगठनमा समेत भारत सक्रिय रहेको छ । दक्षिण पूर्व एशियाको आसियानमा समेत पर्यवेक्षकको रूपमा र इश्लामीक सहयोग संगठन समेत भारतले आफ्नो विचारलाई ध्वनीत गरेको छ । जी ट्ेवान्टी दिल्ली समीटमा अफ्रिकालाई टीव टे्वन्टीमा समाहित गरेर अफ्रिकी जनताको दिल दिमागलाई जित्न समेत भारत सफल भएको छ । चाणक्यले कनेक्टिभिटीलाई अधिक जोड दिएको छ । राज्य अरू राज्यसंग जोडिएको खण्डमा मात्र अन्तक्रिया हुन्छ जसबाट राज्यको समग्र विकास हुन्छ भन्ने वैचारि पक्ष चाणक्यको रहेको छ ।
भारतीय परराष्ट्र नीति यही सिद्धान्तबाट परिलक्षित देखिएको छ । अर्थात् इरानको चावाहरमा वन्दरगाह निर्माण गरेर पाकिस्तानको ग्वादर वन्दरगाहलाई कमजोर बनाउ‘दै सेन्ट्रल एसीयामा जोडिनुलाई परराष्ट्रनीतिको उपलब्धिको रूपमा लिन सकिन्छ । साथ साथै नर्थ साउथ कोरिडोरमा भारत सहभागी भइसकेको छ । संसारको ठुलो गुरूयोजनाका रूपमा आएमेक (इण्डिया, मिडिलव इष्ट र युरोप अमेरिका कोरिडोर) जी ट्वेन्टीको शिखर सम्मेलनबाट अनुमोदित भइसकेको छ । दक्षिण पूर्वीय एशियासंग जोड्न म्यानमार हु‘दै सडक मार्ग जोड्न कालादान गुरूयोजना भारतले अगाडि बढाइसकेको छ । अर्थात् भारतीय परराष्ट्रनीति कनेक्टिभिटीलाई उच्च दिदै सामुद्रिक र सडक सञ्चाचलाई अगाडी बढाइरहेको छ । चाणक्यले हरेक गठवन्धनमा सहभागी हुन आग्रह गरेता पनि राष्ट्रले आफ्नो सामथ्र्यको बलमा राष्ट्रहित र पहिचानको लागि संघर्ष गर्नु पर्ने आग्रह गरेका छन् ।
रुस युक्रेन युद्ध आरम्भ हुंदा भारतीय कूटनीतिलाई संसारले सुक्ष्म रूपमा नियालिरहेका थिए । भारतलाई अमेरिका र पश्चिमा संसारको कडा दबाब रहेको थियो । दबाबलाई पछ्याएर र राष्ट्रहितलाई मानसपटलमा राखेर रुसबाट कच्चा तेल सस्तो दरमा किनेर र त्यही तेल यूरोपमा वेचेर भारत आर्थिक विकासको तीव्रता दिन सफल भएको छ । चाणक्यले कटाक्ष प्रयोग गर्दै परराष्ट्र नीति राष्ट्रहितको पक्षमा हुनु पर्छ नकि आत्मघाती । राष्ट्रवादको नाममा आत्मघाटी नीति लिनु विवेकहिन परराष्ट्रनीति रहेको कुराम चाणक्यको आग्रह रहेको छ । नागरिक सुरक्षा परराष्ट्रनीतिको प्रमुख ध्येय हुनु पर्दछ भने चाणक्यको जिकिर रहेको छ । विगतका दिनहरूमा युक्रेनबाट भारतीय विद्यार्थीहरूलाई मुक्त गर्नु, कोरना कालमा लाखौं भारतीयलाई भारतमा ल्याउनु, यमन र अफगानीस्तानबाट आफ्ना नागरिकलाई मुक्त गराउनुलाई समेत परराष्ट्रनीतिको उच्चतम प्रयोगको रूपमा लिन सकिन्छ ।  वर्तमान परिवेशमा ३ करोड ३ लाख भारतीय मूलकाहरू संसारका कुना कुनामा पुगेका छन् । त्यसमध्ये झण्डै २ करोड भारतीय नागरिक नै छन् । भारतीयहरू बसोबास गरेका मुलुकहकरूसंग सम्र्पक र सम्बन्धलाई धनिभूत बननाउन जयशंकरले आफ्नो परराष्ट्रनीति उन्मुख भएको कुरा आप्mना पुस्तक “हवाई भारत म्याटरस”मा उल्लेख गरेका छन् । वर्तमान परिवेशमा भारतीय परराष्ट्रनीति सामरिक स्वायत्ता (सट्राटेजीक अटोनमी) लाई उच्च महत्व दिएको छ । केही खास मुद्दाका आधारमा अमेरिकालाई समेत कूटनीतिक दवावमा राख्न अमेरिका सम्बद्ध अन्य राष्ट्रहरूलाई प्रयोग गर्न भारतीय कूटनीति परिचालित रहेको छ । चाणक्यको सिद्धान्तलाई रुपान्तरण गर्ने हो भने वर्तमान संसार बहुपक्षिय (मल्टिपोलर) रहेको छ । राष्ट्रहितलाई परिचालित गर्न चाणक्यको सिद्धान्त समयानुकुल प्रयोग गर्नु उपयोगी देखिएको छ ।

 

प्रतिक्रिया