२ माघ २०८१, बुधबार | January 15, 2025

ओली सरकार ढल्न लागेको हो ?


December 11, 2024
2.5k
Shares

काठमाडौं, २६ मंसिर । अमेरिकी उपमन्त्री डोनाल्ड लु काठमाडौं आइपुग्दा प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापाका स्थानीय कार्यक्रममा व्यस्त भए । उनले लुलाई नभेट्ने अभिप्रायले यसको गरेको विश्लेषण भइरहेको छ ।

ओलीले आफू नेतृत्वको सरकार ढाल्ने चलखेल भइरहेको संकेत मिलेको समेत बताए । बेला बेलामा आफ्नो सरकारको उल्टो दिनगन्ती समेत बताउने गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवालाई सहमति अनुसार सत्ता हस्तान्तरण गर्ने समेत बताए यसपटक ।

ओली कुनैपनि बेला सत्ता ढल्न सक्नेमा चनाखो छन् । उनले विशेषगरी प्रचण्डमाथि आरोप लगाउने गरेका छन् । प्रचण्डले पनि ओलीको सत्ता आफै ढल्ने बताउने गरेका छन् ।

पछिल्लोपटक चीनसँग बीआरआई फ्रेमवर्कमा सम्झौतापछि काँग्रेसभित्र द्वन्द्व बढेको छ । बीआरआई ऋणमा नलिने काँग्रेसको अडानका बाबजुद ओलीले सम्झौता गरेको खुलिसकेको छ । यसमा देउवा पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा सहयोगी बनिन् । यसले पनि आरजुलाई भारत र अमेरिकाले आशंका गर्न थालेका छन् ।

ओलीको कदमले प्रचण्ड हौसिएका छन् । उनले कुनैपनि बेला काँग्रेसको मुख्य शक्ति वा असन्तुष्ट समूहलाई साथमा लिन सक्छन् । रवि लामिछाने त ओलीबाट टाढिइसकेका छन् । यसरी ओलीलाई एक्ल्याउने र सरकार ढाल्ने रणनीति बलियो बन्दै गएको देखिन्छ । कुनैपनि बेला सरकार ढल्न सक्छ अब ।

प्रतिक्रिया