रवि पोखरा, भैरहवा, काठमाडौं पछि पोखरा लगिए
काठमाडौं, १८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौंबाट चितवन लगिएका छन् । उनलाई मंगलबार चितवन लगिएको हो ।
पोखरामा प्रहरी हिरातमा राखिएका रविलाई काठमाडौं ल्याइएको थियो । उनीविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धिकरणमा छानविन चलिरहेको छ । यसअघि रवि भैरहवा पनि लगिएका थिए ।
देशका मुख्य शहरमा भएका कतिपय सहकारी ठगी प्रकरणमा रविको नाम मुछिएको छ । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेमाथि छानविन लामो समयदेखि चलेको छ । उनीविरुद्ध मुद्दा दायर नभएसम्म हिरासतमा रहनेछन् ।