९ पुस २०८१, मंगलबार | December 25, 2024

स्वीस बैंकमा ओली दम्पत्तिको झण्डै एक अर्ब रहेको ज्याकार्डको रिपोर्ट (भिडियोसहित)


November 20, 2024
23.4k
Shares

एजेन्सी, ५ मंसिर । कालो धनको स्वर्ग मानिन्छ यूरोपको स्वर्ग मानिने स्वीटजरल्यान्ड । विश्वका नाम चलेका शासकको त्यहाँका बैंकमा रकम जम्मा भएको चर्चा चलिरहन्छ । नेपालीहरुले पनि त्यहाँको बैंकहरुमा कालो धन लुकाएको नामसहित खुलासा भएको थियो केही वर्ष अघि ।

स्वीटजरल्यान्डको बैंकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पत्नी राधिका शाक्यसँग संयुक्त बैंक एकाउन्टमा ५५ लाख अमेरिकी डलर रहेको रोलान्ड ज्याकार्डले ४ वर्षअघि एक रिपोर्टमार्फत् उल्लेख गरेका थिए । उनले विश्वस्त स्रोतमार्फत् सूचना आएको भन्दै स्वीस बैंकमा ५५ लाख अमेरिकी डलर लामो समयका लागि जम्मा गरेको र त्यसवापत् वार्षिक ५ लाख डलर ब्याज पाउने गरेको उल्लेख गरेका छन् ।

ओलीको त्यतिबेलै सम्पत्ति ह्वात्तै बढेको पनि भनिएको छ । ज्याकार्डले ओली र शाक्यले संयुक्त खातामा जम्मा गरेको रकमसँग सम्बन्धित स्वीस बैंकसँग सोधेको र उक्त बैंकले उक्त नामका व्यक्तिको खाता नभएको जवाफ दिएको समेत उल्लेख गरेका छन् । तर, स्वीस बैंकले खाता र रकम गोप्य राख्ने गरेको छ । त्यहाँको बैंकिङ कानून निकै कडा र कठोर मानिन्छ ।

यही खबरमा ओलीको कम्बोडियामा टेलिकम्युनिकेशनमा लगानी रहेको र उक्त लगानीको डिलमा आङ छिरिङ शेर्पालाई लगाइएको उल्लेख छ । लगानीका लागि कम्बोडियाका तत्कालीन प्रधानमन्त्री हुन सेनले ठाडो हस्तक्षेप गरेको समेत भनिएको छ । ओली बेला बेलामा कम्बोडिया भ्रमणमा गइराख्नुले पनि उक्त खबरको सत्यतालाई बल पुग्ने गरेको छ ।

ज्याकार्डले यो खबर प्रकाशित गरेको ४ वर्ष बितिसक्दा पनि ओली र उनको दल नेकपा एमालेले कुनै कानूनी चुनौती ग्लोबल वाच एनलिसिस र ज्याकार्डलाई दिन सकेको छैन । जबकि सन् २०१८ मा फ्रान्समा भ्रामक समाचार प्रकाशित भए २ वर्ष जेल र ७५ हजार डलरको जरिवाना समेत तोकिएको छ । ग्लोबल वच एनलिसिसको मुख्यालय पेरिसमा छ ।

खबर लेख्ने ज्याकार्ड लेबननी मूलका फ्रान्सेली खोजपत्रकार हुन् । उनी आतंकवाद, संगठित अपराध र त्यसमा घुम्ने रकमबारे गहिरो अनुसन्धान गर्दै आएका छन् । उनी विगतमा फ्रान्सका तत्कालीन राष्ट्रपति ज्याक सिराकका सल्लाहकार टिममा समेत थिए । ज्याकार्डले ग्लोबल वाच एनलिसिसमा सनसनीपूर्ण र तथ्यपरक खबर प्रकाशित गर्दछन् । उनको बहुचर्चित पुस्तक ग्लोबल टेररिज्म एण्ड बिन लादेन ब्रदरहुड प्रकाशित छ ।

ठगले २ वर्षजति जेल बसेर २ अर्ब पचाउने योजना बुन्दैछन् । यसमा ओली, देउवा, प्रचण्ड र रवि सबैको सहयोगी भूमिका ।

ग्लोबल वाच एनलिसिसको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया