८ माघ २०८१, मंगलबार | January 21, 2025

मालीमा २२ अर्ब कर तिराउन पक्राऊ, नेपालमा अरबौं नतिर्नेलाई प्रोत्साहन


November 19, 2024
996
Shares

एजेन्सी, ४ मंसिर । सुन खानी चलाउने विदेशी कम्पनीले १६ करोड डलर अर्थात् नेपाली २२ अर्ब रुपैयाँ जति बराबरको कर नतिर्नेका प्रमुख नै पक्राउ गरिए । अष्ट्रेलियाली कम्पनी रिसोलुन माइनिङका दुई कर्मचारी पनि समातिए ।

सुन खानी चलाएर दशौं अर्ब कमाएको उक्त कम्पनीले कर नतिरेर हैरान पारेको थियो । बेलायती नागरिक थिए कम्पनीका प्रमुख । विदेशी नागरिक भएकाले विदेशी शक्ति पनि देखाउँथे । तर, सरकारले साहस गरेर पक्राउ गर्यो । कम्पनी कर तिर्न वाध्य भएको छ । दुई चरणमा गरी कर तिर्ने भएको छ ।

मालीमा सैनिक शासन छ । विगतमा निर्वाचित सरकार विदेशी कम्पनीसामु निरिह थियो । कर पनि लिन सक्दैनथियो ।

नेपालमा पनि विदेशी लगानीको कम्पनी एनसेलले कर छल्यो । दशौं अर्बको कर छल्दा सरकार निरिह बन्यो । सत्तामा आउनेजाने नेता र कर्मचारी नै कमिशनको खेलमा बिके । अदालतका भ्रष्ट न्यायाधीश समेत प्रभावित भएर फैसला देशको हितमा गर्न सकेनन् ।

हुँदा हुँदा देशभित्रका केही उद्दोगी मिलेर विद्युतको महशुल नै नतिर्ने भनी सरकार मातहतको नेपाल विद्युत प्राधिकरणलाई चुनौती दिइरहेका छन् । सत्तामा रहेकाहरु पनि विद्युतको महशुल उद्दोगीलाई तिर्नुनपर्ने गरी गतिविधि चलाइरहेका छन् ।

प्रतिक्रिया