६ माघ २०८१, आइतबार | January 19, 2025

नायकबाट खलनायक बन्दै जेलेन्स्की


November 17, 2024
415
Shares

एजेन्सी, २ मंसिर । हाँस्यकलाकार बन्दा लोकप्रीय थिए भोल्दिमिर जेलेन्स्की । यहुदी समुदायका जेलेन्स्की यति लोकप्रीय भएकी उनी युक्रेनमा राष्ट्रवादी मानिन थाले । राजनीतिमा फाल हालेर राष्ट्रपतिको चुनाव जिते ।

जेलेन्स्कीको जीतका पछाडि पश्चिमा मिडिया र उनीहरुसम्वद्ध संस्थाहरुको योजनावद्ध परियोजनाले काम गरेको थियो । उनलाई नायक जस्तै बनाइयो । तर, उनै जेलेन्स्की राष्ट्रपति बनेपछि युक्रेनलाई नाटोमा आवद्ध गराउन खोजे । रुसले यसको विरोध गरिरह्यो । उनी बढ्न खोजे ।

अन्तमा जेलेन्स्कीको कदम रोक्न रुसले आक्रमण नै गर्यो । युक्रेनलाई अमेरिकासहित नाटोसम्वद्ध देशले सैन्य सहयोग गरिरहे । २०२२ मा सुरु भएको युद्ध २०२४ को अन्तमा आएर रोकिने अवस्था बनेको छ । तर, युक्रेनले क्रिमियालगायत धेरै भूभाग गुमाइसक्यो । उसको सैन्य क्षमता पनि कमजोर भइसक्यो ।

युक्रेन कमजोर बन्यो युद्धले । कुनैबेला नायक बनाइएका जेलेन्स्की खलनायक बन्दैछन् । डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि युक्रेनलाई दिदै आएको सैन्य प्याकेज २०२५ मा रोकिने देखिइसकेको छ । ट्रम्पनिकटस्थले त युक्रेनबाट क्रिमिया गुमेको बताइसकेका छन् ।

जेलेन्स्कीले पनि ट्रम्पसँगको संवादपछि युक्रेन युद्ध चाँडै अन्त हुने बताइरहँदा उक्त देश अर्को समस्यामा पर्दैछ । उनका पूर्वविदेशमन्त्रीले त युक्रेन ठूलो आन्तरिक हिंसात्मक द्वन्द्वमा फस्न सक्ने बताएर तरंग नै ल्याइदिए । अब युक्रेन साँघुरिने देखिन्छ । जेलेन्स्की नायकबाट खलनायक बन्दैछन् ।

प्रतिक्रिया