९ माघ २०८१, बुधबार | January 22, 2025

कर तिर्नेमा को को अगाडि


November 16, 2024
332
Shares

काठमाडौं, १ मंसिर । कुनैपनि उद्योग व्यवसायको सफलताको मापदण्ड त्यसले कति नाफा कमायो भन्नेमा मात्र हुँदैन । त्यसले कतिलाई रोजगारी दियो र राज्यलाई कर तिरेर कति योगदान दियो, सामाजिक क्षेत्रमा कति खर्च गर्यो भन्नेले पनि निर्धारण गर्दछ ।

नेपालमा उद्योग व्यवसाय खोलेर कर छल्ने, घूस र कमिशनको खेल खेल्ने प्रतिष्पर्धा नै चलेको छ । तर, केही त्यस्ता उद्योगव्यवसाय छन् जसले राज्यलाई कर बढी तिरेर, सामाजिक क्षेत्रमा सही तरिकाले योगदान गरेर र रोजगारीको बढीभन्दा बढी अवसर सृजना गरेर जनप्रीय बनेका छन् ।

यस वर्ष नेपाल टेलिकमले सबैभन्दा धेरै आयकर तिरेको छ । टेलिकम सर्वाधिक प्रयोग हुने दूरसञ्चार सेवा प्रदायक पनि हो देशमा ।

देश आयातमुखी बनिरहेको छ । तर, निर्यातबाट योगदान गर्ने कम्पनी पनि छन् । सबैभन्दा बढी निर्यातबाट कर तिर्नेमा डाबर नेपाल देखिएको छ । बैंकतर्फ नबिल बैंक छ ।

कृषि तथा पशुपंक्षीजन्य उद्दोगमा पतञ्जली आयुर्वेदले बढी कर तिरेको छ । डाबर नेपाल र पतञ्जली भारतीय बहुराष्ट्रिय कम्पनी हुन् ।

स्वास्थ्य सेवा तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, ऊर्जामा भोटेकोशी पावर कम्पनी, रेमिटेन्सतर्फ सिटी एक्सप्रेस, व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह, भ्याटतर्फ चिनियाँ लगानीको होङ्सी सिमेन्ट, विशेष उद्दोगमा वरुण वेभरेजले बढी कर तिरेका छन् । ५० करोडसम्म कारोबार भएकामध्ये धेरै कर तिर्नेमा सोल्टी इन्टरप्राइजेज रहेको छ ।

राष्ट्रिय कर दिवसमा अर्थमन्त्री विष्णु पौडेलले सबैभन्दा उत्कृष्ट करदातालाई सम्मान समेत गरेका छन् ।

प्रतिक्रिया