१० पुस २०८२, बिहिबार | December 26, 2025

प्राज्ञिक विद्यार्थी परिषद् नेपालको केन्द्रीय बैठक हेटौँडामा प्रारम्भ


November 14, 2024
415
Shares

हेटौंडा, २९ कात्तिक । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक हेटौंडामा प्रारम्भ भएको छ । बिहिबारबाट चलेको बैठकले महत्वपूर्ण कार्ययोजना निर्माण गर्ने जनाइएको छ ।

परिषद्का राष्ट्रिय अध्यक्ष डा गोपीनाथ कण्डेल, राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनी, सामाजिक एवम् आध्यात्मिक व्यक्तित्व राममान श्रेष्ठ, परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय सचिव जानकी आचार्यले बैठकको संयुक्तरुपमा समुद्घाटन गरेका हुन् ।

तीन दिनसम्म चल्ने बैठकले शिक्षा, व्यक्तित्व विकास र विद्यार्थीको हक अधिकारका लागि सक्रिय संस्थाको कार्ययोजना तय गर्नेछ ।

प्रतिक्रिया