११ माघ २०८१, शुक्रबार | January 24, 2025

मनाङेलाई पक्राउ गर्ने सर्वेन्द्र के गर्दैछन् (भिडियो सामाग्री)


November 11, 2024
996
Shares

काठमाडौं, २६ कात्तिक । यतिबेला चर्चामा छन् दिपक मनाङे । चर्चित डन मनाङे ठमेल मुकाम बनाएर गुण्डागर्दी गर्दथे । फिरौती, चन्दा असुली देखि ठमेलका पर्यटन व्यवसायमा उनको बोलवाला थियो । मनाङे राजनीतिक संरक्षणमा यी गतिविधि गर्दथे । जब सर्वेन्द्र खनाल जिल्ला प्रहरी कार्यालय काठमाडौंको एसपीका रुपमा पुगे तब मनाङे पक्राउ परे । उनीमाथि ज्यान मार्ने उद्दोगमा पक्राउपूर्जी जारी भएको थियो । उनलाई पक्राउ गर्ने आँट खनालले गरेका थिए ।

मनाङे मात्र होइन खनाल काठमाडौं जिल्ला अदालतमा रहँदा गुण्डानाइकेहरुको भागाभाग नै भयो । उनले राजनीतिक दबाबलाई मतलबै गरेनन् र गुण्डाविरुद्ध एक्सन चलाए । काठमाडौं उपत्यका केन्द्रित गुण्डानाइकेहरुको सञ्जाल डरलाग्दो भइसकेको थियो । उनले धेरै सञ्जाल तोडिदिए ।

अपराध अनुसन्धानमा एसएसपीका रुपमा कमाण्ड सम्हालेपछि खनालले गुण्डागर्दीको साम्राज्य नै तहसनहस पारिदिए । चर्चित डन कुमार घैटेको इनकाउन्टर भयो । डनहरुको भागाभाग भयो त्यसपछि । गरीहान नदिने गरिसकेका डनहरुले । यतिसम्मकी कर्मचारी र प्रहरी सरुवामा समेत भूमिका खेल्न थालेका थिए । डनहरु राजनीतिमा हावी हुनथालिसकेका थिए । त्यो अवस्था अझ अगाडि बढ्न नदिने सर्वेन्द्रले साहस देखाए ।

गुण्डाविरुद्ध अपरेशन चलाएकाले सर्वेन्द्रको नामै सुन्दा तर्सन्थे डनहरु । मनाङे जस्ता डनहरु सर्वेन्द्र खनाल प्रहरीमा रहँदासम्म चुरीफुरी देखाउन सकेका थिएनन् । उनको काम गर्ने शैली र साहसका अगाडि तर्सन्थे । गुण्डागर्दीको संगठित गतिविधिलाई सखाप पारेका थिए सर्वेन्द्रले । उनीहरुविरुद्ध सुन्य सहनशीलता अपनाएर काम गरे । उनी गुण्डाको साम्राज्य अन्त गर्ने आइजीपीका रुपमा पनि चिनिए । जसका पालामा संगठित आपराधिक गिरोह, सुन तस्कर, भूमाफियाहरु धमाधम जेल गए । कतिपयको भागाभाग भयो । त्यसैले प्रहरीमा सर्वेन्द्रको आइजीपी कार्यकाल सुनौलो युगका रुपमा रह्यो । उनै सर्वेन्द्र एमालेबाट काठमाडौंबाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लडे । गृहजिल्ला तनहुँबाट उपनिर्वाचन लडे । दुवैमा उनी निर्वाचित भएनन् । अहिले सर्वेन्द्र एमालेमा निष्कृय छन् । उनी नयाँ साहसका लागि नयाँ काममा बढेको बुझिएको छ ।

प्रतिक्रिया