६ मंसिर २०८१, बिहिबार | November 21, 2024

अमेरिकी चुनावमा हिन्दुत्व


November 5, 2024
1.7k
Shares

विपिन देवः अमेरिका-भारत सम्बन्ध उतार-चढावपूर्ण छ तर त्यो सम्बन्धको डोरी चुडिनै नसक्ने गरी बाँधिएको छ । यतिसम्मकी अमेरिकी चुनावमा भारतबारे व्यापक बहस हुन्छ । ५० लाख भन्दा अधिक भारतीय मूलका अमेरिकीले चुनावी प्रक्रियामा सक्रियता देखाएका हुन्छन् । आर्थिक र वौद्धिक हिसावले अब्वल भएको कारणले गर्दा भारतीय मुलका नागरिकहरू पहुच र पकड दुईवटै राजनीतिक दलहरू (रिपब्लिक र डेमोक्याटिक)मा रहेको देखिन्छ । डेमोक्याटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार कमला ह्यारिस भारतीय मूलको भएको कारणले गर्दा भारतीय समुदायमा उनी भावनात्मक रूपले जोडिएको देखिन्छ तर वाकपटुताका धनी डोनाल्ड ट्रम्पले भारतसँग आफ्नो विशेष सम्बन्ध रहेको कुरा चुनावी सभाहरूमा सार्वजनिक गरेका छन् । बँगलादेशमा हिन्दूहरू माथि भएको अन्याय र अत्याचार प्रति ध्यान आकृष्ट गर्दै उनले आफू राष्ट्रपति भएको खण्डमा हिन्दूहरूको हक हितको लागि आवश्यक कदम समेत चाल्ने संकेत गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग मित्रतालाई विषेश महत्व दिदै हाउडी मोदी र नमस्ते ट्रम्पको उदाहरण समेत उनले प्रस्तुत गरेका छन् । ट्रम्पको अभिव्यक्तिबाट भारतीय समुदाय अधिक प्रभावित देखिएको छ । वास्तवमा अमेरिकी चुनावमा भारतीय भाष्यले यथेष्ठ ठाउ‘ पाएकै हन्छ । भारत(अमेरिकी सम्बन्ध कूटनीतिका शोधार्थी र विद्यार्थीहरूलाई रुचीकर रहेको छ । कोलम्बस भारतको खोजी गर्दा अमेरिका भेटे भैm गर्दा एक देशको विचारधाराले अर्काको भाष्यलाई प्रभावित गरेको देखिन्छ । सन् १८९८ जुलाईमा अम स्वामी विवेकानन्दले भारतको मौलिकता र पहिचानलाई अमेरिकामा उजागर गर्दै अमेरिकी(भारत सम्बन्धको आधार स्तम्भ स्थापित गरेका थिए ।

जेफेरशनको स्वतन्त्रता, समानता प्रतिको दृष्टिकोण भारतीय स्वतन्त्रता संग्रामको प्रमुख भाष्य रहेको थियो । अमेरिकी र्दाशनिक डेभिड थोरो भारतीय र्दशनवाट प्रभावित भएर नागरिक अवज्ञा आन्दोलनको सुत्रपात्र गरेका थिए । अर्थात् राज्यले आप्mनो दायित्व पुरा नगरेको खण्डमा जनताले शासन र शासक प्रति विरोध गर्नु पर्ने आग्रह थोरोको रहेको थियो । थोरोको विचारवाट प्रभावित भएर नै गान्धीले अफ्रिका र भारतमा सत्याग्रहको आन्दोलन सञ्चालन गर्न सफल भएका थिए । गान्धीको गहिरो प्रभाव अमेरिकी अस्वेत आन्दोलनमा रहेको थियो । अर्थात् मार्टीन लुथरले गान्धीको पदचापमा नै अहिंसाको आन्दोलनलाई परिचालित गर्दै मानवमुक्तिको संग्राम अमेरिकामा सञ्चालन गरेका थिए । भारतीय स्वतन्त्रता संग्रामलाई नैतिक समर्थन गर्न रुजवेलटले विट्रिस उपनिवेशवादलाई घेरावन्दी समेत गरेका थिए । अर्थात् अमेरिका र भारत विच वैचारकि र दार्शनिक अन्तरक्रिया र सम्वाद रहेको छ । दुईवटै देशका महामानवहरूले एक अर्काका भाष्यलाई प्रभावित गरेको देखिन्छ । कारलायलले ठिक भनेका छन् कि इतिहास भन्नाले महामानको विचार र दर्शनको दस्तावेज मात्र हो ।

भारत–अमेरिकी सम्बन्ध इतिहासलाई आलोकित गर्दै नरसिंहा रावले मनोवंगले भारत(अमेरिकी सम्बन्ध बलियो भएको कुरा उनले अमेरिकी सदनलाई सम्वोधन गर्ने सन्र्दभमा उल्लेख गरेका थिए । सन् १९४९ मा भारतका प्रथम प्रधानमन्त्री नेहरुले अमेरिकी यात्राका सन्र्दभमा २० औं सताब्दीलाई अमेरिकी सताब्दीको रूपमा रेखाङ्कित गरेका थिए । नेहरुको अमेरिकी विकास पद्वतिवाट आर्कषित थिएन । अमेरिकी समाजमा पू‘जीवादको प्रयोग भएको कारणले गर्दा अमेरिकी विकास मोडेल भारतको लागि उपयोगी नहुने उनको बुझाईको कारणले गर्दा नेहरु सोभियत विकास मोडेलबाट सम्मोहित भए । नेहरुका समकालिन डा. शयामा प्रसाद मुखर्जी र अमेरिकी विश्वविद्यालयवाट शिक्षित र दिक्षित अम्वेडरकारले समेत नेहरुलाई अमेरिकासंग विषेश सम्बन्ध राख्न आग्रह गरेका थिए ।

सन् १९६२ मा भारत चीन युद्ध ताका भारत अमेरिकासंग नजिक देखिएतापनि ७० को दशकमा वंगलादेशलाई स्वतन्त्रता गराउ‘दा भारत र अमेरिका विच टक्कर समेत परेको थियो । भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी अमेरिकी दवावमा वाबजुद्ध पनि बँगलादेशको धाई आमा बन्न सफल भइन । वर्तमान परिवेशमा अमेरिका र भारत सम्बन्ध एउटा नयॉ युगमा प्रवेश गरेको देखिन्छ । भारत चीन र अमेरिकाको त्रीकोणत्मक सम्बन्धले गर्दा भारत अमेरिकी सम्बन्धमा न्यानोपन देखिएको छ । हिन्दमहासागरीय क्षेत्रमा भारतको भूमिकालाई प्रभावकारी बनाउन अमेरिकाले भारतसंग साझेदारी समेत गरेको देखिन्छ । अर्को शब्दमा भन्ने हो भने भारत क्र्वाड (चर्तूभूजीय संगठन)को सक्रिय सदस्य रहेको छ । सामरिक रूपले भारतलाई अब्वल बनाउन अमेरिकाले कमकसा र वेका जस्ता कानुनको माधयमबाट भारतलाई अतिआधुनिक प्रविधि र हतियार समेत उपलब्ध गराएको देखिन्छ । वर्तमान परिवशेमा अमेरिका र भारत विच २०० विलियन अमेरिकी डलरको व्यापार रहेको छ । सूचना प्रविधिको क्षेत्रमा दुईवटै मुलुकहरू विच सहकार्यको यात्रा रहेको छ । मोदीको “मेक इन इण्डिया”को योजना अन्र्तगत माइक्रोन लगायत अमरिकाका नामुद कम्पनीहरूले भारतमा लागानी बढाएको देखिन्छ । चीनवाट भइरहेको पू‘जी पलायन र शिथिलिकरण तर्पm गइरहेको चीनिया अर्थतन्त्रले गर्दा अमेरिकी लगानीकर्ताहरूको लागि भारतीय बजार आर्कणको केन्द्र रहेको छ ।

संसारमा सबभन्दा तीव्र दरले विकास गरिरहेको मुलुक हुनु, संसारमा सबभन्दा अधिक जनसंख्या हुनु, प्रजातान्त्रिक पद्वति हुनु, स्थिर सरकार हुनु, प्रजातान्त्रिक पद्वती हुनु, स्थिर सरकार हुनु, पर्याप्त मात्रामा अंग्रेजी भाषी जनशक्ति हुनु र अब्वल विद्युत्तिय पूर्वाधार हुनु जस्ता कारणहरूले गर्दा अमेरिकी लगानी कर्ताका लागि भारत अधिक आर्कषण भएको छ । सन् २००० देखि नै भारत अमेरिकी सम्बन्धमा उ‘चाई थपिएको छ । किल्नटनदेखि वाइडेनसम्म हरेक राष्ट्रपतिले भारत यात्रा गरेका छन् । वर्तमान अमेरिकी चुनावमा नतिजा जे भएता पनि भारत प्रतिको नीतिमा कुनै पनि परिर्वतन नहुने जानकारहरूको बुझाई रहेको छ ।

प्रतिक्रिया