१५ माघ २०८१, मंगलबार | January 28, 2025

ओलीलाई भारतबाट आएन निम्तो, अब चीन जाने


October 30, 2024
332
Shares

काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो प्रतिक्षा गर्दा पनि भारतबाट औपचारिक भ्रमणको निम्तो आएन । ओली भारत भ्रमण गर्न आतुर भएपनि निम्तो पाएनन् । अब उनी चीन भ्रमणमा जाने भएका छन् ।

ओली १७ मंसिरबाट २० मंसिरसम्म चीन भ्रमणमा जाने गरी तयारी चलेको छ । उनले निकटस्थलाई यसबारे बताइसकेका छन् ।

संयुक्तराष्ट्रसंघको महासभामा भाग लिन ओली न्युयोर्क जाँदा चिनियाँ पक्षसँग भ्रमणबारे कुराकानी गरेका थिए । न्युयोर्कमा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटेका थिए । छोटो भेट औपचारिक मात्र रह्यो । त्यो पनि निकै कसरतपछि अन्तिमतिर तय भएको थियो ।

ओलीलाई विगतमा प्रधानमन्त्री हुँदा दुईपटक भारतले भ्रमणमा बोलाएको थियो । उनले पहिलो विदेश गन्तव्य पनि भारतलाई बनाएका थिए । यसपटक भने उनले अमेरिकाको भ्रमण गरिसकेको र अब चीन जाने भएकाले भारत प्राथमिकतामा देखिएन । न त भारतको प्राथमिकतामा नै ओली देखिएका छन् ।

ओलीको भारतसँग त्यति सुमधुर सम्बन्ध छैन । उनले केही वर्षयता भारतविरोधी अभिव्यक्ति दिदै आएका छन् । त्यसमाथि भारतको सत्तारुढ भारतीय जनता पार्टी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कडा वचन गरे ।

प्रतिक्रिया