अख्तियार प्रमुख राईले भ्रष्टाचारमा खोजे क कस्को साथ
काठमाडौं, १२ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचार नियन्त्रणमा सबैको साथमा जोड दिएका छन् । सोमबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै उनले अख्तियार एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका हुन् ।
अख्तियारले दायर गरेका मुद्दामा विशेष अदालतले धमाधम सफाई दिइरहँदा राईको पछिल्लो अभिव्यक्ति आएको हो । उनले घुमाउरो तरिकाले अख्तियारले भ्रष्टाचारको मुद्दामा साथ नपाइरहेको संकेत गरे ।
नीतिगत भ्रष्टाचारका कारण देशमा भ्रष्टाचार बढिरहेको छ । यसप्रति पनि प्रश्नहरु उठिरहेका छन् ।