३ कार्तिक २०८१, शनिबार | October 20, 2024

रविको पक्षमा शक्ति प्रदर्शन, कहाँ कति मान्छे उत्रिए


October 19, 2024
747
Shares

काठमाडौं, ३ कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका समर्थकले शनिबार देशका विभिन्न शहरमा प्रदर्शन गरेका छन् । रास्वपा सभापति समेत रहेका लामिछानेका समर्थकले काठमाडौंबाट पोखरा स्थलमार्गबाट लाँदै गर्दा अबेर रातमा पनि सडकमा प्रदर्शन गरेका थिए ।

रविलाई पोखरा लाने भएपछि चितवनमा प्रदर्शन भएको थियो । त्यस क्रममा करिब एक सय प्रदर्शनकारी निस्किएका थिए ।

शनिबार राजधानीको माइतीघरमा झण्डै ७ सय जति रविका समर्थकले प्रदर्शन गरे । उनीहरु प्लेकार्डसहित निस्किएका थिए । माइतीघरको प्रदर्शनमा कुनै उच्च तहको नेता तथा कार्यकर्ता निस्किएका थिएनन् ।

पोखरमा मनिष झा, तोसिमा कार्की, विराजभक्त श्रेष्ठलगायत पुगेका थिए । त्यहाँ २ हजार जति प्रदर्शनकारी निस्किएका थिए ।

रविलाई आइतबार काकी जिल्ला अदालतमा पेश गरिने भएको छ । त्यस क्रममा हुने विरोध प्रदर्शनलाई दृष्टिगत गरी सुरक्षा कडा पारिएको छ ।

प्रतिक्रिया