३० आश्विन २०८१, बुधबार | October 16, 2024

भारत र क्यानडाबीच किन चिसियो सम्बन्ध


October 15, 2024
830
Shares

एजेन्सी, २९ असोज । भारत र क्यानडाबीच सम्बन्ध झन् चिसिएको छ । दुवै देशले एक अर्काका कूटनीतिज्ञलाई आफ्नो देश छाड्न भनेका छन् । यी दुई देशबीच लामो समययता तनावपूर्ण सम्बन्ध छ ।
क्यानडामा पञ्जाबी समुदायको बसोबास ठूलो संख्यामा छ । कतिपय पञ्जाबीहरु भारतलाई विभाजित गर्ने खालिस्तानी गतिविधिमा सक्रिय छन् । त्यसको भारतले विरोध गर्दै आएको छ ।

खालिस्तानी गतिविधिमा संलग्न एक क्यानडेली नागरिक हरदिप सिंह निज्जरको केही महिना अघि हत्या भएको थियो । उक्त हत्यामा भारतको जासुसहरु संलग्न रहेको भन्दै क्यानडाले प्रश्न उठाउने गरेको छ । भारतले त्यसलाई अस्वीकार गरेको छ । हालैमात्र क्यानडाले गम्भीर आरोप लगाएर भारतका कूटनीतिज्ञलाई आफ्नो देश छाड्न लगायो । बदलामा भारतले पनि त्यसै गर्यो ।

खालिस्तानी गतिविधिमा सक्रिय केही व्यक्तिहरुले लोकसभाको चुनाव जिते । यसमा पनि क्यानडाको साथ रहेको विषय उठ्यो । जसका कारण सम्बन्ध तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया