९ माघ २०८१, बुधबार | January 22, 2025

कुलमानलाई हटाउन खोजिएको हो ?


October 9, 2024
830
Shares

काठमाडौं, २३ असोज । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको केपी शर्मा ओली नेतृत्वको सरकारसँग सम्बन्ध सामान्य छैन । डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउने विषयमा सरकारसँग कुलमानको टकराव नै पर्यो । ओली सरकार महशुल नतिर्ने उद्दोगीको पक्षमा उभियो । कुलमान उनीहरुले प्रयोग गर्दै आएको विद्युतको लाइन काट्न बढे ।

कुलमानलाई हटाउने प्रयासहरु चलिरहेको छ । यसैबीच ऊर्जामन्त्री दिपक खड्काको अध्यक्षतामा बसेको प्राधिकरणको बैठकमा १५ वटा विषयमा विवरण माग गरिएको छ । यसले तरंग नै आएको छ । मन्त्री खड्काले कुलमानलाई हटाउने उद्देश्य नभएको बताएपनि आशंका उत्पन्न भएको छ ।

कुलमानसँग मागिएको १५ विवरणः
१) नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली एवम् आर्थिक प्रशासन विनियमावली र सोसँग सम्बन्धित विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णयहरू ।

२) नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले विगत ४ वर्षको अवधिमा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण जुन निर्णय मिति खुल्ने गरी हुनुपर्ने।
३) नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुकहरूका व्यावसायिक संस्थाहरूसँग गरेको विभिन्न मितिका सम्झौता एवम् समझदारी पत्रहरूको विवरण ।

४) नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरूमा रहेको प्राधिकरणको शेयर संरचना एवम् ती कम्पनीहरूको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूको विवरण । साथै, ती कम्पनीहरूमा नेपाल विद्युत प्राधिकरणको तर्फबाट हाल काजमा खटिएका कर्मचारीहरूको विवरण ।

५) नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरूको विगत ४ वर्षको वित्तीय विवरण ।

६) नेपाल विद्युत् प्राधिकरणले विद्युत खरिद सम्झौता गरी सञ्चालनमा रहेका आयोजनाहरूबाट पावर इभ्याकुएसन पूर्ण रुपमा हुन सकेको अवस्था भए वैकल्पिक मार्ग प्रयोग गरिएको आयोजनाहरूको विवरण ।

७) हिमाल पावर लिमिटेडद्वारा प्रबर्धित ६० मेगावाटको खिम्ति ( १ जलविद्युत आयोजनासँग स्वामित्व हस्तान्तरणबारे नेपाल विद्युत प्राधिकरणले गरेको वार्तासँग सम्बन्धित विवरणरप्रतिवेदनहरू ।

८) विगत चार आर्थिक वर्षदेखि त्यस प्राधिकरणका विभाग, निर्देशनालय र कार्यकारी निर्देशकबाट स्वीकृत भएका बोलपत्र सम्बन्धी विवरण (जस्तै, ठेक्काको नाम, स्वीकृत भएको रकम भुक्तानीको विवरण, ती ठेक्कासँग सम्बन्धित दायित्वहरूको विवरण आदि)। साथै, यदि विवाद पर्न गएको भए विवादका कारण र कार्य सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको वर्तमान अवस्था ।

९) विगत चार वर्षमा भएका सञ्चालक समितिका सदस्यहरूको विदेश भ्रमण सम्बन्धी विवरण । ती भ्रमणसँग सम्बन्धित खर्चको विवरण एवम् ती खर्च भुक्तानीको स्रोतसम्बन्धी विवरण ।

१०) डेडिकेटेड फिडररट्रंक लाइन सम्बन्धी नेपाल विद्युत प्राधिकरणले उठाउन बाँकी रहेको महसुल सम्बन्धमा सञ्चालक समितिमा पेश भएका विभिन्न प्रतिवेदन एवम् सो महसुलका सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरू

११) नेपाल विद्युत प्राधिकरणले विभिन्न बोलपत्र मार्फत् खरिद गरी जडान हुन बाँकी स्टोरमा मौज्दात रहेका ट्रान्सफरमरको अद्यावधिक विवरण ९खरिदको लागि प्राप्त माग संकलन र खरिद योजना, खरिद नं. खरिद मूल्य एवम् हालको अवस्था सहित

१२) हाल बोलपत्र आह्वानको लागि तयारी भइरहेको स्मार्ट मिटर लगायतका वस्तु रसामाग्रीहरूको विवरण एवम् प्रतिस्थापन कार्ययोजना जुन परिमाण एवम् अनुमानित लागत रकम सहित हुनुपर्ने ।

१३) नेपाल विद्युत प्राधिकरणले आफैले विभिन्न स्थानहरूमा सिमेन्टेड पोल प्लान्टहरू स्थापना गरी उत्पादन गरेका पोलहरूको लागत मूल्य, बोलपत्रहरूबाट खरिद भएमा विभिन्न पोलहरूको खरिद मूल्य एवम् सो सम्बन्धी परिमाणहरूको गत ४ आर्थिक वर्षको अद्यावधिक विवरण ।

१४) महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औँल्याइएका बेरुजुमध्ये हालसम्म फछ्र्यौट हुन बाँकी रहेका बेरुजुको अद्यावधिक विवरण ।

१५) नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखको रुपमा गत ५ वर्षदेखि को(को कार्यरत रहेका छन् ? उनीहरूको पद र योग्यता खुलेको विवरण ।

प्रतिक्रिया