८ माघ २०८१, मंगलबार | January 21, 2025

भारतका जर्नेल देवगनले नेपाल भ्रमणमा के के गरे


October 5, 2024
913
Shares

काठमाडौं, १९ असोज । भारतीय सेनाका जर्नेल नेपाल भ्रमण गरी फर्किएका छन् । १४ असोजमा नेपाल आएका मेजर जनरल चरणजीत सिंह देवगन १९ असोजमा फर्किएका हुन् ।

जर्नेल देवगन वाइएसएम, कर्णेल अफ दी रेजिमेन्ट, ३ गोर्खा राइफल्स हुन् । उनको छ दिने नेपाल भ्रम(णको सुरुमा नेपालका लागि भारतीय रक्षा सहचरी कर्णेल वी सुब्रमण्यम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गरेका थिए ।

जनरल देवगनले पोखराको पनि भ्रमण गरे । उनले पोखरामा भूतपूर्व सैनिक र्‍यालीमा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरे ।

उनले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको भ्रमण गरे। उनले वीर भूतपूर्व सैनिकको सेवामा ईसीएचएस नेपालको पहुँचलाई अझ अगाडी बढाउनेमा जोड दिए ।

नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल गर्न भ्रमणका क्रममा जनरल देवगनले नेपाली सेनाका प्रधानसेनापति महारथी अशोक राज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्ता गरेका थिए ।

उनले दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यावसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरुको कल्याणका लागि लिइएका प्रयासका लागि भारतीय राजदूतावासस्थित रक्षा प्रभागका कर्मचारीहरुको प्रशंसा गरेका थिए ।

अशोकराज सिग्देल प्रधानसेनापति बनेपछि भारतीय सेनाबाट उच्च स्तरको यो पहिलो भ्रमण हो । यसकारण पनि यसको महत्व रहेको बुझिएको छ ।

प्रतिक्रिया