६ पुस २०८१, शनिबार | December 21, 2024

क्वाड सम्मेलनको सामरिक महत्व


September 25, 2024
747
Shares

विपिन देव: सन् २०२४, सेप्टेम्बर २१ मा क्वाड शिखर सम्मेलन अमेरिकी राष्ट्रपति जो वाइडेनको गृहनगर विलिगटनमा सम्पन्न भएको छ । भू–राजनीतिक दृष्टीकोणले सन् २०२४ को क्वाड सम्मेलन महत्वपूर्ण रहेको छ । क्वाड भन्नाले अमेरिका, अष्ट्रेलिया, भारत र जापानको चर्तुभूजीय संगठन हो । सन २००४ ताका यी मूलुकहरुले सूनामीको प्रकोपबाट जूध्न भगिरत सहकार्यको यात्रा गरेका थिए । सन् २००७ ताका जापानका प्रधानमन्त्री ओबेलो भारतीय सदनलाई सम्बोधन गर्ने अवसरमा क्वाडको अवधारणालाई सार्वजनिक गरेका थिए । प्रधानमन्त्री ओवेले अमेरिका, अष्ट्रेलिया, जापान र भारत जस्ता मूलुकहरुले बहुलवादी, खुल्ला समाज, खुल्ला अर्थतन्त्र र प्रजातान्त्रिक पद्धतिलाई वलियो बनाउन सहकार्यको यात्रामा अगाडी बढाउनु पर्ने प्रस्ताबना राखेका थिए । जापानमा भएको सत्ता परिवर्तनले गर्दा र्कवाडको अवधारण रुपान्त्रित भएन । सन् २०१३ पश्चात चीनको बढ्दो दबाबले गर्दा हिन्दमहासागरीय क्षेत्र आक्रान्त हुँदै गयो । दक्षिण चीन सागरमा चीन द्धारा सैन्य भण्डारण, चीनिया जल सेना द्धारा आसीयानका मूलुकहरु माथीको दवाव र हिन्दुमरासणरीय क्षेत्रमा प्राकृतिक सन साधनको चीन द्धारा दोहनले गर्दा प्रजातान्त्रिक कित्तामा रहेका मूलुकहरु आक्रानत देखिएका छन् । सन् २०१७ ताका अमेरिका, अष्ट्रेलिया, जापान र भारतले हिन्दमहासागरीय क्षेत्रको उपादेयतालाई अगाडि बढाए । वर्तमान परिवेशमा विश्व राजनीतिमा क्वाडले आफ्नो पहिचान वनाइसकेको छ । कोरनाको कहरमा अमेरिकी पूँजी, जापानी प्रविधि, अष्ट्रेलियाको व्यवस्थापन र भारतको उत्पादनले गर्दा कोरनाको खोप संसारको कुना कुनामा उपलब्ध भएको थियो । हिन्दमहासागरीय क्षेत्रमा चीनीया जलसेनाको बर्चस्व र दबदबालाई सन्तुलन नगरेको खाउमा संसारको व्यापारिक जीवन रेखा (लाइफ लाइन) नै ओझेलमा पर्ने जानकारहरुको विष्लेशण रहेको छ ।

सन २०२४ को र्कवाडको शिखर सम्मेलन सामरिक दृष्टीकोणले महत्वपूर्ण हुनुको धेरै आयामहरु छन् । सन २०२४ को शिखर सम्मेलन पश्चात जापानका प्रधानमन्त्री किसिदा र अमेरिकी राष्ट्रपति वाइडेन अबकास प्राप्त गर्ने छन् । क्वाड शिखर सम्मेलनलाई भावानात्मक रुप दिन वाडडेनले शिखर सम्मेलन आफ्नो गृहनगरमा अनुष्ठान गरेका छन् । वर्तमान भूराजनिितक जटिलतालाई मध्यनजर राख्दै क्वाडले आफ्नो कार्यक्षेत्रको परिधीलाई समेत व्यापक वनाएको देखिन्छ । अर्थात कवाडले सर्भाइकल क्यानसर लाई रोकथाम गर्न सात दशमलव ४० लाख डलरको कोष समेत स्थापना गरेको छ । सामूद्रिक क्षेत्रमा सूरक्षा व्यावस्थापनलाई प्रत्याभूत गर्न साझा संकल्प र अनुष्ठानका साथ सूचना आदान प्रदान गर्न संयन्त्र समेत र्निमाण गरिएको छ । चिनियाँ जल सेना को मनोमानीले गर्दा फिलिपिन्स लगायत भियतनाम जस्ता मूलुकहरु आक्रान्त रहेको अवस्थामा हिन्दुमहासागरीय क्षेत्रमा र्कवाडका मूलुकहरु संयुक्त रुपमा हिन्दुमहासागरीय क्षेत्रमा सुरक्षा प्रदान गर्ने घोषणा समेत गरेका छन् । दक्षिण चीन सागरमा चीनले अन्तराष्ट्रिय कानुन विपरित एकल अधिकार कायम गर्न कृत्तिम रुपमा टापूहरुको निर्माण गरिरहहेको घटना प्रति शिखर सम्मेलन आपत्ति प्रकट गरेको छ । अन्तराष्ट्रिय कानुनी मापदण्डलाई आधार मान्दै सामुद्रिक कानुन अनुरुप चीनले दक्षिण चीन सागरमा आफ्नो कारोवार गर्नु पर्ने शिखर सम्मेलनको आग्रह रहेको छ । साथ साथै सन् २०२४ को क्वाड शिखर सम्मेलनले उत्तर कोरियाको क्षेपयास्श्र परिक्षण प्रति समेत धारे आपत्ति प्रकट गरेको छ ।

क्वाड शिखर सम्मेलनले रुस यूक्रेनका कारण विश्व अर्थतन्त्र तरल हुँदै गइरहेको समेत ठहर गरेको छ । रुस यूकेन युद्धलाई विराम गर्न आफ्नो क्षेत्रबाट यूमिका खेल्नु पर्ने समेत क्वाडका शिर्ष नेताहरु आफ्नो आभिमत राखेका छन् । प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरुको लागी प्रमूख चुनौती आतंकवाद र उग्रवाद सँग जुध्न हो । इजरायल हमास युद्ध भए पश्चात नै इश्लामीक कटरपन्थीहरु सक्रियता र अक्रमक्ता बढेको देखिन्छ । हमास, हुती, हिजबुल्ला जस्ता कटारपन्थीहरु अरेबियन सागरमा मालवाहक जहाजहरु माथी आक्रमय गरी कब्जा गर्ने गतिविधिहरु बढाइ रहेको छ । मालवाहक जहाजहरु अवरोध भएको हुने अवस्था आँउछ । यी प्रतिकुल अवस्थामा कट्टरपन्थीहरु माथी लगाम कस्न क्वाड सम्वद्ध राष्ट्रहरु संयुक्त सैन्य परिचालन गर्न समेत सहमति गरेका छन् ।

रुस युक्रेन युद्धको राप र तापले गर्दा दक्षिण गालाद्धका मूलुकहरु वित्तिय संकटको संघारमा रहेका छन् । इजरायल हमास युद्धले उर्जा संकट वढिरहेको अवस्था छ । मध्य एसियामा कारोवार घटि रहेको अवस्था छ । चीनिया वि.आर. आए. गुरुयोजनाको कारणले गर्दा गरिव देशहरु श्रीलंका, जिम्वावे लगायत अन्य अफ्रिकी मूलुकहरु चीनिया ऋणको बोझबाट पिल्सिएका छन् । प्रजातान्त्रिक कित्तामा रहेका मूलुकहरु अमेरिका, अष्ट्रेलिया, जापान र भारत आर्थीक हिसाबले अब्वल छन् । यी परिवेशमा दक्षिण गोलाद्धका मूलुकहरुमा पूर्वाधार निर्माण लगायत विभिन्न मानवकल्याण योजनाका लागि राहत प्रदान गर्न विभिन्न गुरुयोजनाहरु अगाडि वढाउनु पर्ने शिखर सम्मेलनको निष्कर्ष रहेको छ ।

क्वाड शिखर सम्मेलनको माध्यमबाट प्रविधि हस्तान्तरण गर्ने समेत सहमति भएको देखिन्छ । सन् २०२५ को क्वाड शिखर सम्मेलनको आयोजना भारतले गर्ने भएको छ । क्वाडको रणनीतिलाई आलोकित गर्दै भारतीय प्रधानमन्त्री मोदीले क्वाडले कुनै खास मूलुकलाई लक्षित नगरेको समेत जिकिर गर्दे आगामी दिनमा र्कवाडको कार्यक्षेत्र र परिधिलाई विस्तृत गर्दै पर्यावरण, वातावरण, महामारी जस्ता विभिन्न मानवीय संकट सँग जुध्न क्वाडलाई तत्परताका साथ अगाडी बढाउने उद्घोष गरेका छन् ।

प्रतिक्रिया