६ पुस २०८१, शनिबार | December 21, 2024

दुर्गाले ओलीलाई बनाए हायलकायल


September 25, 2024
747
Shares

काठमाडौं, ९ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ चर्चा र विवादमा आइरहन्छन् । उनी अहिले प्रहरी हिरासतमा छन् । प्रसाईँले सबैभन्दा तारो बनाएका छन् नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई ।

ओलीले देशभित्र र बाहिर दुर्गा प्रसाईँका समर्थकका कारण समस्या भोगिरहेका छन् । उनको न्युयोर्कमा हुने कतिपय कार्यक्रम पनि विरोध र नारावाजी हुने सम्भावनालाई दृष्टिगत गरी रद्द भयो ।

प्रसाईँले ओलीलाई चुनौती दिदै आफू पनि झापाको भएको र ओलीले नसक्ने बताइरहेका छन् । उनी कुनैबेला ओलीसँग नजिक थिए । मार्सी चामलको भात खुवाएर प्रचण्ड र ओलीको बीचमा बसी तस्बिर खिचेपछि उनी चर्चामा आएका थिए । तर, पछि उनको दुवैसँग सम्बन्ध चिसियो ।

प्रसाईँले ओलीलाई हायलकायल पारिरहेका छन् । ओलीका कतिपय भित्री कुरा बाहिर ल्याइरहेका छन् । जसमध्ये ओलीको सम्पत्ति र कार्यशैली पनि रहेको छ । प्रसाईँ चर्चित भएको र उनका कुरा दुरदराजका मान्छेले पनि सुन्ने भएकाले ओली समस्यामा परेका हुन् ।

ओलीले प्रसाईँलगायतको गतिविधिविरुद्ध लड्न सामाजिक सञ्जालमा आक्रमक हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । तर, सामाजिक सञ्जालमा प्रसाईँ बलिया देखिएका छन् ।

प्रतिक्रिया