सहकारी छानविनमा को को दोषी (प्रतिवेदनसहित)

काठमाडौं, ४ असोज । सहकारी छानविन समितिको प्रतिवेदन प्रतिनिधि सभाको वेवसाइटमा राखिएको छ । प्रतिवेदनमा विभिन्न व्यक्तिहरुसँग बयान लिएको थिए दस्तावेजसहित छानविन गरेको विषय पनि समावेश छन् ।
सहकारी ठगीका आरोपीमध्ये अधिकांश अन्य पेशामा समेत संलग्न भएको, राजनीतिक गतिविधिमा संलग्न रहेको समेत उल्लेख छन् ।
विभिन्न गिरोहको सम्बन्ध र साँठगाँठबारे पनि प्रतिवेदनले देखाएको छ । विगतमा असफल भई कारबाहीको दायरामा आएका नेटवर्क व्यवसायीहरु नै सहकारी ठगीमा जोडिएको खुलेको छ ।
रास्वपा सभापति रवि लामिछाने, जीबी राई, राप्रपा केन्द्रीय सदस्य पुष्पराज पुरुषलगायतको सम्बन्ध पनि सहकारी ठगीसँग जोडिएर आएको प्रतिवेदनबाट देखिएको छ ।